पत्रकारको हकहितकै लागि मिडिया विधेयक ल्याउन लागिएको हो– मन्त्री बाँस्कोटा | Khabarhub Khabarhub

पत्रकारको हकहितकै लागि मिडिया विधेयक ल्याउन लागिएको हो– मन्त्री बाँस्कोटा


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारको हकहितकै लागि मिडिया विधेयक ल्याउन लागिएको बताएका छन् ।

प्रेस चौतारी नेपाल र प्रेस सेण्टर नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले पत्रकारको अधिकारलाई सरकारले सुनिश्चित गर्नकै लागि नयाँ कानून ल्याइने दाबी गरे ।

मन्त्री बाँस्कोटाले भने, ‘मिडिया मालिकलाई मालिक मात्र हुने बानी बसेको छ । कर नतिर्ने, दिनरात खटिने पत्रकारका लागि तोकिएअनुसार तलब नदिने भएकाले केही मिडियाधनीको सातो उडेको छ । ”

श्रम गर्ने पत्रकारलाई ढुक्क हुन आग्रह गर्दै मन्त्री बाँस्कोटाले उनीहरुको अधिकार दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने “सरकारले मिडिया मालिकलाई नियन्त्रण गर्छ भनेर बाहिर अनेक हल्ला फैलाउने काम भइरहेको छ । नागरिकले देशमा बसेपछि देशको कानून मान्नुपर्छ, नियम कानून सबैका लागि बराबर हुनुपर्छ । सबै सेवा, सुविधा दिनुपर्ने भयो, पत्रकारको सुरक्षा, न्यूनतम तलब आदि कुरालाई कार्यान्वयन गर्नुप¥यो भनेर एकथरिलाई टाउको मात्र दुखेको हो ।”

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  २ : ०३ बजे

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरूपमा सफल

इलाम २ मा एमालेका सुहाङलाई ४५ सय २३ मतको अग्रता

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई

सिड्नीमा ‘महाजात्रा’को कीर्तिमान

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको सुपरहिट चलचित्र ‘महाजात्रा’ले