पत्रकारको हकहितकै लागि मिडिया विधेयक ल्याउन लागिएको हो– मन्त्री बाँस्कोटा « Khabarhub

पत्रकारको हकहितकै लागि मिडिया विधेयक ल्याउन लागिएको हो– मन्त्री बाँस्कोटा


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारको हकहितकै लागि मिडिया विधेयक ल्याउन लागिएको बताएका छन् ।

प्रेस चौतारी नेपाल र प्रेस सेण्टर नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले पत्रकारको अधिकारलाई सरकारले सुनिश्चित गर्नकै लागि नयाँ कानून ल्याइने दाबी गरे ।

मन्त्री बाँस्कोटाले भने, ‘मिडिया मालिकलाई मालिक मात्र हुने बानी बसेको छ । कर नतिर्ने, दिनरात खटिने पत्रकारका लागि तोकिएअनुसार तलब नदिने भएकाले केही मिडियाधनीको सातो उडेको छ । ”

श्रम गर्ने पत्रकारलाई ढुक्क हुन आग्रह गर्दै मन्त्री बाँस्कोटाले उनीहरुको अधिकार दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने “सरकारले मिडिया मालिकलाई नियन्त्रण गर्छ भनेर बाहिर अनेक हल्ला फैलाउने काम भइरहेको छ । नागरिकले देशमा बसेपछि देशको कानून मान्नुपर्छ, नियम कानून सबैका लागि बराबर हुनुपर्छ । सबै सेवा, सुविधा दिनुपर्ने भयो, पत्रकारको सुरक्षा, न्यूनतम तलब आदि कुरालाई कार्यान्वयन गर्नुप¥यो भनेर एकथरिलाई टाउको मात्र दुखेको हो ।”

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  २ : ०३ बजे

महाकाली नदी किनारमा एक महिलाको शव भेटियो

दशरथचन्द– बैतडीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको

रास्वपामा समानुपातिक सूची बुझाउनेबारे आन्तरिक छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सूचीमा को कोलाई पठाउने भन्ने

इरानको आक्रमण बढेपछि सबै देशलाई रुसी तेल किन्ने बाटो खोल्न बाध्य भयो अमेरिका

मस्को– अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्व बजारमा कच्चा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

जलाइएको सरकारी निवास बस्नै नमिल्ने (तस्बिरहरू) 

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार