दयाहाङको फिल्म ‘आप्पा’ को रिलिज मितिमा हेरफेर « Khabarhub

दयाहाङको फिल्म ‘आप्पा’ को रिलिज मितिमा हेरफेर


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दयाहाङ राईको शीर्ष भूमिका रहेको फिल्म ‘आप्पा’ को ओएसटी गीत सार्वजनिक गरिएको छ । साथै फिल्मको रिलिज मिति पनि हेरफेर गरिएको छ । सार्वजनिक ‘अमला’ गीतमा हर्क साउदको शब्द, एसडी योगी र सुशान्त गौतमको संगीत तथा मेलिना राई र एसडी योगीको स्वर छ ।

केही महिना पहिले फिल्मको रिलिज मिति जेठ २४ गतेलाई तोकेको थियो । निर्माण टिमका अनुसार अब भने यो फिल्म असार १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । बाबुछोराको सम्बन्धमा बनेको यो फिल्मलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् भने रुदेन सादा लेप्चाको निर्माण गरेका हुन् ।

दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भूमिका रहेको ‘आप्पा’मा निर्देशक गुरुङकै कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डी. कार्कीको छाया‌ंकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ६ : ५३ बजे

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए