४० करोडमा प्रधानमन्त्रीको नयाँ निवास बन्दै-अहिलेको भत्काइने, डाक्टर र सैलुनलाई बेग्लै कक्ष « Khabarhub

४० करोडमा प्रधानमन्त्रीको नयाँ निवास बन्दै-अहिलेको भत्काइने, डाक्टर र सैलुनलाई बेग्लै कक्ष


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ। बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ। एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन्। नयाँ संरचना बनाउन ४० करोड लगानी हुने नयाँ पत्रिकामा खबर छ ।

सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि बुधबार बोलपत्र आह्वान गर्दै छ। चालू आर्थिक वर्षदेखि नै भवन निर्माण सुरु गरिनेछ। भवनको आर्किटेक्चर डिजाइन आजु डिजाइन कम्पनीले गरेको छ भने स्ट्रक्चर डिजाइन क्राफ्ट डिजाइन कम्पनीले गरेको छ। सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नेपाली परम्परागत शैलीमा भवन निर्माणको तयारी गरेको बताए। ‘हालको प्रधानमन्त्रीनिवासमा भूकम्पले क्षति पुर्‍याएको तथा क्षेत्रफल पनि साँघुरो भएकाले गत पुसमै मन्त्रिपरिषद् बैठकले नयाँ निवास निर्माण गर्ने निर्णय गरेको थियो,’ मन्त्री राईले भने, ‘मन्त्रिपरिषद्को निर्णयअनुसार विभागले भवन निर्माणको तयारी गरेको छ।’

प्रधानमन्त्रीनिवासका लागि दुईवटा भवन निर्माण गरिनेछ। एउटा भवन प्रधानमन्त्रीको निजी प्रयोजनका लागि र अर्को सार्वजनिक प्रयोजनका लागि निर्माण गर्न लागिएको हो। निजी भवन प्रधानमन्त्रीको व्यक्तिगत प्रयोजनका लागि हुनेछ भने ‘पब्लिक’ भवन राजनीतिक–कूटनीतिक संवाद तथा सर्वसाधारणसँग भेटघाटमा प्रयोग गरिनेछ। निवास दुई चरणमा निर्माण गरिनेछ। निजी भवन निर्माण सकेपछि मात्रै ‘पब्लिक’ भवन निर्माण गरिनेछ।

प्रधानमन्त्रीनिवासमा बनाइने पब्लिक भवन चोक शैली (कन्ट्रीयार्ड कन्सेप्ट)मा बनाइने भएको छ। करिब हजार स्क्वायर मिटर अर्थात् दुई रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको यो भवनमा नेपाली संस्कृति र परम्परागत शैली झल्किनेछ। भवन तीन तलाको हुनेछ।

पूर्वतर्फ फर्काएर बनाइने भवनको भुइँतलामा विभिन्न प्रयोजनका लागि १४ युनिट हुनेछन्। भुइँतला विशेषगरी अति विशिष्ट व्यक्तित्वसँगको भेटघाटका लागि छुट्याइनेछ। जहाँ भव्य क्याबिनेट हल हुनेछ। मन्त्रीहरूसँगको भेटघाट यही हलमा हुनेछ। आपत्कालीन समयमा मन्त्रिषरिषद्को बैठकका लागि पनि प्रयोग गर्न सकिनेछ।

त्यस्तै, ४० जना बसेर खान मिल्ने डाइनिङ हल र एउटा भान्सा निर्माण गरिनेछ। एउटा सञ्चार कोठा बनाइनेछ जहाँ बसेर प्रधानमन्त्रीले मिडिया प्रयोग गर्नेछन्। त्यस्तै, सुरक्षाकर्मीका लागि कन्ट्रोल रुम, गोप्य लाउन्ज, हाउस किपिङ, वेटिङ एरिया, एडिसी कार्यालय र प्रधानमन्त्रीको कार्यकक्ष यही तलामा हुनेछ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ७ : ३४ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट