फ्रान्सलाई खेलमा फर्काउन एमबाप्पेको गोल « Khabarhub

फ्रान्सलाई खेलमा फर्काउन एमबाप्पेको गोल


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युरो कप छानेटमा एन्डोरोलाई पराजित गर्दै फ्रान्स खेलमा फर्किएको छ । छनोटको समूह ‘एच’ मा रहेको फ्रान्सले एन्डोरालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

एन्डोरामाथि जीत हात पारेको फ्रान्स समूह एचको शीर्ष स्थानमा पुगेको छ । फ्रान्सले युवा स्टाइकर केलिएन एमबाप्पेको गोलमा एन्डोरामाथि अग्रता बनाएको थियो । यस्तै, विसाम वेन यद्देरले ३० औं मिनेटमा र फ्लोरियान थेयुभीनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दा पहिलो हाफमै एन्डोरोमाथि ३–० को अग्रता बनाएको थियो ।

यसअघि ट्रकीसँग २–० ले पराजित भएको फ्रान्सलाई खेलमा फर्काउन मुख्य प्रशिक्षक डिडियर देसच्याम्पले टोलीमा ७ जना खेलाडी परिवर्तन गरेका थिए ।

फ्रान्सका लागि चौथो गोल खेलको ६० औं मिनेटमा कुर्तु जोउमाले गरेका थिए । एन्डोरोलाई पराजित गरेको फ्रान्सले ४ खेलबाट ९ अंक बनाउँदा समान ९ अंक रहेका ट्रकी र आइसल्यान्डसँग गोल अन्तरले अघि रहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १२ : ०६ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले