१०१ फर्म संचालकको संस्थागत तथा निजी सम्पत्ति रोक्का गर्ने राजस्वको चेतावनी « Khabarhub

१०१ फर्म संचालकको संस्थागत तथा निजी सम्पत्ति रोक्का गर्ने राजस्वको चेतावनी


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– आन्तरिक राजस्व कार्यालय वीरगञ्जले लामो समयदेखि कर नतिरेका र बक्यौता धेरै रहेका करदातासँग कर उठाउने भएको छ ।

त्यस्तो बक्यौता बाँकी रहेका १ सय १ फार्मको नाम राजस्व कार्यलयले लिस्टिङ समेत गरेको छ । कार्यालय अन्तरगत रहेका १०१ करदाताले आयकर, मूल्य अभिबृद्धि कर र अन्तः शुल्क बक्यौता दाखिला नगरेको देखिएको छ ।

अन्तरिक राजस्व कार्यालय वीरगञ्जले बाँकी बक्यौता रकम दाखिला गर्न भनी फर्महरुको नाममा १५ दिने सूचना समेत जारी गरेको छ ।

सूचनाको वेवास्ता गरे कानुन बामोजिम कारवाही प्रक्रिया अवलम्बन गरी बक्यौता असुलउपर गरिने कार्यालयले जनाएको छ । समयमै बक्यौता नबुझाउने करदाताको कारोबार रोक्का, बैंक खाता रोक्का र प्रोप्राइटर÷सञ्चालकको घरजग्गा रोक्का गर्ने समेत कार्यलयले चेतावनी दिइएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  २ : ०४ बजे

जेलबाट छुटेपछि प्रधानमन्त्रीलाई भेट्दै रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीबीच

भ्रष्टाचार अन्त्य सुशासन कायममा जेन-जीले खबरदारी गर्नुलाई अन्यथा लिन हुँदैन : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले भ्रष्टाचार अन्त्य गर्दै

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार