दोस्रो बिहे गरेर श्रीमान् फरार, गर्भवती श्रीमतीको बिचल्ली « Khabarhub

दोस्रो बिहे गरेर श्रीमान् फरार, गर्भवती श्रीमतीको बिचल्ली


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- ताप्लेजुङ जिल्लाको सिदिङ्बा गाउँपालिका–४, साब्लाखुका एक युवकले श्रीमतीलाई गर्भवती बनाएर अर्को विवाह गरी वेपत्ता भएका छन् । अन्तरजातीय विवाह गरेका विजय ताम्लिङ लिम्बूले अर्को विवाह गरी वेपत्ता भएपछि उनकी गर्भवती श्रीमती प्रमिला सिवाको बिचल्ली भएको छ । पाँचथरको याङ्वरक गाउँपालिका–४ की प्रमिलाले एक वर्ष अघि विजयसँग प्रेम विवाह गरेकी थिइन् ।

आर्थिक अवस्था कमजोर भएकी प्रमिलाको कोखबाट मङ्गलबार पाँचथर अस्पतालमा छोरीको जन्म भएपछि सुत्केरी सिवाको हेरचाह गर्ने मान्छेसमेत नभएपछि उनको बिचल्ली भएको हो । अहिले आमा र शिशु दुवैको अवस्था राम्रो रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । सिवालाई झुक्याएर विजयले दोस्रो विवाह गरेपछि उनी पाँचथर थर्पुस्थित माइतीमा बस्दै आएकी थिइन् ।

विवाहपछि श्रीमान् र सासू–ससुरासँगै झापाको काकडभिट्टामा बस्दै आएकी प्रमिलाले श्रीमानको घरपरिवार र आफन्तजनबाट नै अन्तरजातीय विवाह गरेकै कारण दुव्र्यवहार र शारीरिक यातना खेप्नुपरेको सिवाले बताइन् ।

गएको पुस महिनामा श्रीमानले अर्कै केटीसँग दोस्रो विवाह गरेको र त्यसपछि आफूसँग सम्पर्कमा नरहेको उनले बताइन् । श्रीमान् वेपत्ता भएपछि घरका अन्य सदस्यको दुव्र्यवहार र शारीरिक यातना खप्न नसकेर आफू माइतमै बस्न थालेको उनको भनाइ छ । माइतीको समेत आर्थिक अवस्था कमजोर रहेकी प्रमिला अहिले जिल्ला अस्पताल फिदिमको प्रसूति गृहमा छिन् । उनको हेरचाहका लागि कोही छैनन् । आमा पनि शारीरिकरूपमा अशक्त र बुबा पनि वृद्ध भएका कारण प्रमिलाको बिजोग भएको छ ।

कक्षा आठमा अध्ययन गर्दा सिवा र लिम्बूबीच प्रेम सम्बन्ध सुरु भएर कक्षा ११ अध्ययन गर्दागर्दै उनीहरुको अन्तरजातीय विवाह भएको थियो । गर्भवती हुँदा सबैले बच्चा फाल्न आग्रह गरेपनि आफूले सन्तानलाई धर्ती देखाउने आशाले कसैको कुरा नमानेको उनले बताइन् । गाउँपालिकामा सहयोगको याचना गर्न जाँदा गाउँमा पैसा उठाएर गर्भपतन गराउनू भन्ने जवाफ आएको उनको भनाइ छ ।

‘अन्तरजातीय विवाह गरेकै कारण लिम्बूका फुपूहरुले दलित केटीसँग विवाह किन गरेको यसलाई छाडिदे, हामी अर्की केटी खोजिदिन्छौँ भनेपछि मलाई उहाँले छोड्नुभयो ।’ उनले भनिन् ।

दोस्रो विवाह गरेर श्रीमान बेपत्ता भएपनि उनले झिनो आशा राख्दै भनिन्, ‘छोरी जन्मिएकी छे, उसलाई हेर्न उसको बुबा जसरी पनि आउनुहुन्छ ।’

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ३ : ०८ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते