अन्तर स्कुल बास्केटबल प्रतियोगिता सम्पन्न | Khabarhub Khabarhub

अन्तर स्कुल बास्केटबल प्रतियोगिता सम्पन्न


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दि चाँदबाग स्कुलले आयोजना गरेको अन्तर स्कुल बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । जेठ २६ गतेबाट शुरु भएको प्रतियोगिता बुधबार चाँदबाग स्कुलको बास्केटबल कोर्टमा फाइनल खेल समाप्तिसँगै सम्पन्न भएको हो ।

प्रतियोगितामा उपत्यकाका ४० स्कुलका ७३ टोलीको सहभागीता रहेको आयोजक चाँदबाग स्कुलका सह–प्राध्यापक सोमराज पनेरुले बताए ।
प्रतियोगितामा सहभागी टोलीका खेलाडीहरुले ४ क्याटेगोरीमा प्रतिस्पर्धा गरेका थिए । जसमा व्वाइज र गल्र्स अपेयर (एसईई दिएर बसेका विद्यार्थीले प्रतिस्पर्धा गर्ने) तथा इन्टर स्कुल व्वाईज र गल्र्स रहेका थिए ।

व्वाइज एपेयरमा नर्थपोल बास्केटबल एकेडेमीले जीत हात पार्दा गल्र्सतर्फ लुम्बिनी एकेडेमीले जीत हात पार्यो । यस्तै, इन्टर स्कुल व्वाईज क्याटेगोरीमा ग्रिनल्यान्ड स्कुलले जीत हात पार्दा गल्र्सतर्फ आयोजक चाँदबाग स्कुलले जीत हात पार्यो । विजेता टोलीका खेलाडीले ट्रफी, मेडल र सर्टिफिकेट प्राप्त गरे ।

‘एसईई दिएर बसेका विद्यार्थीलाई कहाँ जाने के गर्ने भन्ने भइरहँदा हामीले यो प्रतियोगिता आयोजना गरेर विद्यार्थीलाई खेलप्रति आकर्षित गर्ने उदेश्यले आयोजना गरेका हौं,’ प्राध्यापक पनेरुले भने, ‘अहिले विद्यार्थीहरु प्रविधिमैत्री धेरै भए । तर शारीरिक अभ्यास भएन । हामीले शारीरिक अभ्यासलाई उत्प्रेरणा दिने उद्देश्यले प्रतियोगिता आयोजना गरेका हौं ।’

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ६ : ५९ बजे

यसरी मनाइयो धनवन्तरी जयन्ती

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी

गृहले प्रजिअहरूलाई भन्यो : देशमा सुरक्षा चुनौती बढेको छ, सीमाक्षेत्रमा पनि सतर्क रहनू

काठमाडौं- गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबार ६२ बुँदे

गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन

काठमाडौं– गृह मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न