सीको किताब जलाएपछि चीनको गम्भीर चासो, गृहले दियो कारबाहीको निर्देशन « Khabarhub

सीको किताब जलाएपछि चीनको गम्भीर चासो, गृहले दियो कारबाहीको निर्देशन


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटनाका सम्बन्धमा छानविन गरी दोषी उपर आवश्यक कारवाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।

परराष्ट्र मन्त्रालयको पत्रानुसार विस्तृत व्यहोरा संलग्न पत्रबाट अवगत भएको र पत्रमा उल्लेख भएको घटनाका सम्बन्धमा छानविन गरी दोषीलाई कारवाहीका लागि पठाइएको मन्त्रालयले उल्लेख गरेको छ ।

मोरङको मनमोहन टेक्निकल इन्टच्यूमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ भन्ने किताब जलाएको विषयमा चीनले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको थियो । 

उक्त घटनाको छानविन तथा कारवाही गर्न काठमाडौँस्थित जनवादी गणतन्त्र चीनको दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । सोही पत्रउपर गृह मन्त्रालयले आवश्यक कारवाहीका लागि प्रहरीलाई पत्राचार गरेको हो ।

सो घटनाका सम्बन्धमा अनुसन्धान गर्न दोषीलाई कानुनी दायरामा ल्याउन मोरङको सीडीओ प्रशासन र प्रहरीलाई गृहमन्त्रालयले निर्देशन दिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ३ : ३१ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष