अन्तर स्कुल बास्केटबल प्रतियोगिता सम्पन्न « Khabarhub

अन्तर स्कुल बास्केटबल प्रतियोगिता सम्पन्न


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दि चाँदबाग स्कुलले आयोजना गरेको अन्तर स्कुल बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । जेठ २६ गतेबाट शुरु भएको प्रतियोगिता बुधबार चाँदबाग स्कुलको बास्केटबल कोर्टमा फाइनल खेल समाप्तिसँगै सम्पन्न भएको हो ।

प्रतियोगितामा उपत्यकाका ४० स्कुलका ७३ टोलीको सहभागीता रहेको आयोजक चाँदबाग स्कुलका सह–प्राध्यापक सोमराज पनेरुले बताए ।
प्रतियोगितामा सहभागी टोलीका खेलाडीहरुले ४ क्याटेगोरीमा प्रतिस्पर्धा गरेका थिए । जसमा व्वाइज र गल्र्स अपेयर (एसईई दिएर बसेका विद्यार्थीले प्रतिस्पर्धा गर्ने) तथा इन्टर स्कुल व्वाईज र गल्र्स रहेका थिए ।

व्वाइज एपेयरमा नर्थपोल बास्केटबल एकेडेमीले जीत हात पार्दा गल्र्सतर्फ लुम्बिनी एकेडेमीले जीत हात पार्यो । यस्तै, इन्टर स्कुल व्वाईज क्याटेगोरीमा ग्रिनल्यान्ड स्कुलले जीत हात पार्दा गल्र्सतर्फ आयोजक चाँदबाग स्कुलले जीत हात पार्यो । विजेता टोलीका खेलाडीले ट्रफी, मेडल र सर्टिफिकेट प्राप्त गरे ।

‘एसईई दिएर बसेका विद्यार्थीलाई कहाँ जाने के गर्ने भन्ने भइरहँदा हामीले यो प्रतियोगिता आयोजना गरेर विद्यार्थीलाई खेलप्रति आकर्षित गर्ने उदेश्यले आयोजना गरेका हौं,’ प्राध्यापक पनेरुले भने, ‘अहिले विद्यार्थीहरु प्रविधिमैत्री धेरै भए । तर शारीरिक अभ्यास भएन । हामीले शारीरिक अभ्यासलाई उत्प्रेरणा दिने उद्देश्यले प्रतियोगिता आयोजना गरेका हौं ।’

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ६ : ५९ बजे

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि

लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिनपछि छुटे

काठमाडौं । लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा माइतीघर मण्डलाबाट पक्राउ

सरकार र दुर्गा प्रसाईंको समूहबीच वार्ता सुरु

काठमाडौं- नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

टोकियो- पूर्वी जापानको चिबा प्रिफेक्चरमा गत साता परेको कीर्तिमानी मुसलधारे