मुलुकभित्रकै पुँजी परिचालनमा जोड दिन प्रवक्ता श्रेष्ठको सुझाव « Khabarhub

मुलुकभित्रकै पुँजी परिचालनमा जोड दिन प्रवक्ता श्रेष्ठको सुझाव


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुक भित्रै रहेको पुँजी परिचालन र सुशासनमा जोड दिन सरकारलाई सुझाव दिएका छन् ।

प्रवक्ता श्रेष्ठले पुँजी परिचालन गर्ने क्षमताको विकास नगरी मुलुकलाई समृद्ध बनाउन नसकिने पनि स्पष्ट पारे । बुधबार ललितपुरमा सानो पाईला नामक संस्थाले संचालनमा ल्याएको ‘काश्य ज्वेलरी’ शोरुमको उद्घाटन गर्दै उनले वैदेशिक लगानीमात्रै भित्र्याएर मुलुकको विकास र समृद्धिको कामलाई तीव्रता दिन सकिन्छ भन्ने सोच त्याग्नुपर्ने धारणा राखे ।

प्रवक्ता श्रेष्ठले देशभित्रै उद्यमशीलताको विकास गरेर मुलुकलाई समृद्धिको अभियानमा अघि बढाउन युवाहरुलाई पनि आह्वान गरेका थिए । उनले सरकार एक्लैको प्रयासले मात्रै मुलुकलाई समृद्ध बनाउन नसकिने भन्दै व्यापारलाई समाज सेवाको अंगको रुपमा विकास गर्नुपर्नेमा पनि जोड दिएका थिए ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ७ : ३२ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब