गुठी विधेयकको विरोधमा मैनबत्ती जुलुस ! | Khabarhub Khabarhub

गुठी विधेयकको विरोधमा मैनबत्ती जुलुस !


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुठी विधेयक खारेजीको माग गर्दै सामाजिक अभियान्तहरुले मैन बत्ती बालेर विरोध जनाएका छन् । माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि उनीहरुले बुधबार मैनबत्ती बालेर विरोध जनाएका हुन् ।

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति लगायत अभियन्ताहरुले गुठी विधेयक फिर्ता नभएसम्म उनीहरुले आन्दोलन जारी राख्ने जनाएका छन् । सरकारले गत बैशाख १६ गते सांसदमा दर्ता गरेको गूठी ऐन २०७५ पारित भएमा धर्म सस्कृती लोप हुँदै जाने र ऐतिहासिक सम्पदा मासिने उनिहरुको तर्क छ ।

विधेयकको विरोधस्वरुप बुधबार बेलुकी बिशालबजार स्थित जुद्वसालिकमा मैन बत्ति बालेर विरोध जनाइएको अभियन्ताहरुले जनाएका छन् । विरोध कार्यक्रममा उनीहरुले सरकार विरोधी नारा लगाएका थिए ।

गत आइतबार माइतीघर मण्डलामा गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले दमन गरेको थियो । प्रहरी दमनलाई लिएर अहिले सडक र सदनमा समेत यही विषयमा बहस चलेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ८ : १७ बजे

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

तनहुँ – तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

खडेरीपछिको वर्षाले किसानलाई राहत

धनुषा – लामो समयको पर्खाइपछि वर्षा हुँदा धनुषाका किसानलाई राहत