लोकसेवाको विज्ञापन : सर्वोच्चको उत्प्रेषण आदेश, असार ३ गते दुबै पक्षलाई बोलाइयो | Khabarhub Khabarhub

लोकसेवाको विज्ञापन : सर्वोच्चको उत्प्रेषण आदेश, असार ३ गते दुबै पक्षलाई बोलाइयो


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले स्थानीय तहमा कर्मचारी भर्नाका लागि खोलिएको विज्ञापनका विषयमा उत्प्रेषण आदेश जारी गर्दै  छलफल गर्न दुबै पक्षलाई  बाेलाएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले भर्ना प्रकृया रोक्न अन्तरिम आदेश माग्दै दायर रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षलाई बोलाएको हो ।

अदालतले लोकसेवाले गरेको बिज्ञापन यथास्थितिमा राख्ने कि नराख्ने भन्ने विषयमा आयोगको समेत जिकिर सुन्नपर्ने भन्दै आगामी ३ असारमा आयोगलाई अदालत बोलाएको छ ।

सो दिन अदालतको संयुक्त इजलासले आयोग र निवेदक दुवैका कुरा सुनेपछि मात्र निवेदकको माग अनुसार अन्तरिम आदेश मार्फत बिज्ञापन अघि वढाउन दिने या नदिने भन्ने निर्णय सुनाउनेछ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ८ : ४० बजे

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

तनहुँ – तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

खडेरीपछिको वर्षाले किसानलाई राहत

धनुषा – लामो समयको पर्खाइपछि वर्षा हुँदा धनुषाका किसानलाई राहत