पाँच दिनपछि हवाई सेवा सञ्चालन « Khabarhub

पाँच दिनपछि हवाई सेवा सञ्चालन


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा पाँच दिनपछि सञ्चालनमा आएको छ । बुधबारदेखिको भारी हिमपातपछि रोकिएको सिमकोट विमानस्थल मंगलबारदेखि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना बताए ।

सिमकोट विमानस्थलमा जमेको बाक्लो हिउँ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलले तीन दिनदेखि लगातार पन्छाएपछि मंगलबार ३ बजेदेखि हवाई सेवा सञ्चालनमा आउन सकेको प्रजिअ ढुङ्गानाले बताए ।

मंगलबार ३ः३० बजेदेखि नेपालगञ्जदेखि निजी एयरलाइन्सहरु तारा, सीता, समिटले उडान भरेका थिए।  पाँच दिनसम्म आवतजावत गर्न नपाएका यात्रुलाई सहज भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रबिन श्रेष्ठले बताए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ८ : ५५ बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)