‘सानो मन’ को प्रिमियरमा जे देखियो (फोटो फिचर) « Khabarhub

‘सानो मन’ को प्रिमियरमा जे देखियो (फोटो फिचर)


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – आयुष्मान देशराज जोशी र शिल्पा मास्केको जोडी रहेको चलचित्र ‘सानो मन’को प्रिमियर गरिएको छ । झण्डै ५ सयको हाराहारीमा सहभागिता रहेको प्रिमियरमा कलाकार तथा संगीत क्षेत्रका सेलिब्रेटीको उपस्थिति थियो ।

प्रिमियरमा चलचित्र हेरेका सेलिब्रेटीले ‘सानो मन’ मन परेको प्रतिक्रिया दिए । चलचित्रमा शिल्पा र आयुष्मानको प्रेम देखाइएको छ । प्रिमियरपछि निर्देशक सुयोग गुरूङले यो फिल्ममा आएको प्रतिक्रियाले आफूलाई नर्भस बनाएको बताए ।

नायिका शिल्पा मास्केले पनि प्रिमियरमा पाएको प्रतिक्रियाले खुशी मिलेको बताइन् । यो सफलताको प्रमूख श्रेय निर्देशकलाई जाने उनको भनाइ थियो ।

आज शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्र ‘म्यूजिकल लभ स्टोरी’मा बनेको छ । युवाहरुको मनोविज्ञानलाई यथार्थपरक शैलीमा प्रस्तुत गरिएको ‘सानो मन’लाई हरेक उमेर समूहका दर्शकले चलचित्रलाई उत्तिकै रुचाउनेमा निर्माण टिम विश्वस्त छ ।

आयुष्मान र शिल्पाका अलावा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा आलोक शुक्लाको डि.ओ.पि. रहेको चलचित्रलाई सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।

समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको फिल्ममा ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टले संयुक्त लगानी छ ।

 

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ११ : २४ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६