मन्त्री यादवको प्रश्न– कांग्रेसको सरकारले अर्गानिक तरकारी र फलफूल खुवाएको थियो र ? « Khabarhub

मन्त्री यादवको प्रश्न– कांग्रेसको सरकारले अर्गानिक तरकारी र फलफूल खुवाएको थियो र ?


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रृकाप्रसाद यादवले ‘विषादी प्रकरण’लाई लिएर कांग्रेसले सरकारको आलोचना गर्न नसुहाउने बताएका छन् ।

मन्त्री यादवले भारतबाट आयातित तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने आँट गरेको सरकारलाई कांग्रेसले आलोचना गर्न नसुहाउने मन्त्री यादवको भनाइ थियो ।

कांग्रेसको सरकारले जनतालाई अर्गानिक तरकारी र फलफूल खुवाएको जस्तो पारामा वर्तमान सरकारको आलोचना गरेको मन्त्री यादवको आरोप थियो ।

शुक्रबार नेपाल चेम्बर अफ कमर्शले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री यादवले यथार्थमा आधारित भएर सरकारको आलोचना गर्न प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई सुझाव दिए । विषादी प्रकरणमा आफ्नो इज्जत नरहने गरि सरकारको आलोचना गरेको मन्त्री यादवको दावी छ ।

मन्त्री यादवले व्यापारीहरुलाई बस्तुको मूल्य जथाभावी नबढाउन आग्रह गरे । उनले उत्पादन वृद्धिमा जोड दिएर व्यापार गर्न पनि निजी क्षेत्रका व्यवसायीहरुको ध्यानाकर्षण गराए । सरकार निजी क्षेत्रसँग मिलेर अघि बढन तयार रहेको मन्त्री यादवले बताए ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ५ : ४८ बजे

इँटाभट्टाको पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

भन्सार छलीका पानजन्य सामग्री बरामद

झापा – झापा प्रहरीले भन्सार छली गरी ल्याइएका रु ५२

फिर्केखोलाका अनाधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी – पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिवले दिए पत्रकारलाई धम्की, कारबाही गर्न पत्रकार महासंघको माग

काठमाडौं – जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले