अमेरिकाका कारण खाडीक्षेत्र अत्यन्त जोखिममा अवस्थामाः इरानी विदेशमन्त्री « Khabarhub

अमेरिकाका कारण खाडीक्षेत्र अत्यन्त जोखिममा अवस्थामाः इरानी विदेशमन्त्री


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– खाडी क्षेत्रलाई अझ खतरनाक बनाएको इरानी विदेशमन्त्री जवाद जरिफले आरोप लगाएका छन् ।

कतारको अल जजिरा टेलिभिजनलाई दिएको अन्तरवार्ताका क्रममा विदेशमन्त्री जरिफले अमेरिकाले खाडी क्षेत्रलाई ‘प्रज्वलनशील बनाएको’ र ‘सलाई बाल्न’ मात्र बाँकी रहेको आरोप लगाएका हुन् । उनले अमेरिकाले त्यस क्षेत्रमा हतियारको होडबाजी शुरु गरेको आरोप समेत लगाए ।

पछिल्लो समय खाडी क्षेत्रमा तेल बोकेका ट्यांकरहरु असुरक्षित बन्न थालेपछि अमेरिका र बेलायतसहितका मुलुकले पानीजहाजलाई जोगाउन नौसैनिक गतिविधीलाई बढाएपछि इरानी विदेशमन्त्रीको यस्तो भनाइ सार्वजनिक भएको हो । उनले पश्चिमा मुलुकहरुको उपस्थितीका कारण विदेशी व्यावसायिक पानीजहजाका लागि अझ असुरक्षित बन्दै गएको टिप्पणी समेत गरे ।

गत मे र जुन महिनामा खाडीक्षेत्रमा ६ वटा ट्यांकरमा आक्रमण भएका थिए । अमेरिका तथा त्यस क्षेत्रमा रहेका अमेरिकी साझेदार मुलुकहरुले आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाउँदै आएका छन् । त्यसबाहेक इरानले केही समयअघिमात्र बेलायतको ध्वजावाहक ट्यांकर नियन्त्रणमा लिएपछि इरान र पश्चिमा मुलुकबीचको सम्बन्ध चिसिँदै आएको छ ।

पश्चिमा मुलुकसँग इरानको सम्बन्ध चिसिएका बेला इरानी विदेशमन्त्रीको यस्तो भनाइ आएको हो । इरानी विदेशमन्त्री आइतबारमात्र कतारको राजधानी दोहा पुगेको तथा सोमबार उनले त्यहाँका अमिर तमिम बिन हमाद अल थानीसँग भेटवार्ता गरेको बताइएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ५ : २६ बजे

नोबेल साहित्यमा महिला लेखकको चर्चा

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र

बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू)

काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

काठमाडौँमा भारी वर्षा : कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा ओत खोज्दै प्रतिनिधि

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार

नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता