पृथकतावादीद्वारा यमनको आदेन शहर कब्जा « Khabarhub

पृथकतावादीद्वारा यमनको आदेन शहर कब्जा


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रियाद– दक्षिणी यमनका पृथकतावादीले अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको राजधानी आदेन शहरको ठूलो हिस्सामा कब्जा जमाएका छन् ।

आइतबार भएको व्यापक भीडन्तपछि दक्षिणी यमनका पृथकतावादी समूह साउदर्न ट्रान्जिसनल काउन्सिल एसटिसीका लडाकुहरुले आदेनको ठूलो हिस्सामा कब्जा जमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि साउदी अरब नेतृत्वको गठबन्धनले पृथकतावादी समूहका लडाकुलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो । हवाई आक्रमणसँगै साउदी अरबले उक्त समूहलाई आदेनबाट पछि हट्न चेतावनी दिएको थियो । तर, साउदी चेतावनीको बेवास्ता गर्दै एसटिसीका लडाकुले आदेनमा रहेका सरकारी कार्यालयहरु कब्जामा लिएका हुन् ।

एसटिसीले शिया लडाकु समूह हुथी विरुद्धको गठबन्धनप्रति आफ्नो समर्थन रहेको तथा साउदी अरबमा हुन लागेको हुथी विद्रोही विरुद्धको सम्मेलनमा समेत सहभागी हुने जनाएको छ । तर, आदेनबाट फिर्ता नहुने एसटिसीको भनाइ छ । दक्षिणी यमनलाई बेग्लै राज्य स्थापनाका लागि एसटिसी लडिरहेको छ ।

एसटिसीलाई यमनमा जारी युद्धमा साउदी अरबको रणनीतिक साझेदार संयुक्त अरब इमिरेट्स यूएईले एसटिसीलाई पैसा, हतियार तथा तालिम दिएर सहयोग गर्दै आएको छ ।

यता अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको सबैभन्दा ठूलो साझेदार साउदी अरबले भने अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्रपति अब्दरब्बु मन्सुर हादीप्रति आफ्नो समर्थन निरन्तर रहेको जनाएको छ । साउदी युवाराज मोहम्मद बिन सलमानले यमनी राष्ट्रपति अब्दरब्बु मन्सुर हादीसँग भेटवार्ता गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ५ : ५५ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा