सुन्दा सुन्दा हैरान बनाउने ७ प्रश्न « Khabarhub

सुन्दा सुन्दा हैरान बनाउने ७ प्रश्न


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैनिक जीवनमा हामी आफन्त साथिभाइ तथा छरछिमेकबाट धेरै प्रश्नहरु सुन्ने गर्दछौ । कुराकानीका क्रममा हामीलाई थुप्रै प्रश्नहरु गरिन्छन्, जसलाई हामीले धेरै पटक सुनेर हैरान भइसकेका हुन्छौ । र सबैले सोध्ने एकै खालका प्रश्नहरुबाट हामी दिक्क भएका हुन्छौ । आखिर के छन् त त्यस्ता ७ प्रश्न जसले हामी प्रायः सुनिरहेका हुन्छौ ।

१. नतिजा (रिजल्ट) के भयो ?

आफन्त साथिभाइ तथा छरछिमेकबाट सबैभन्दा बढि सुनिने प्रश्न भनेकै यहि हो, तिम्रो रिजल्ट के भयो ? हामी सबैलाई थाहा छ, आफु सम्मिलित परीक्षाको नतिजा बारे हामी सबै बढि अपेक्षित हुन्छौ । परीक्षाफलको नतिजाले हामी धेरै असर पार्दछ तर आफन्तहरु भने भेट हुनासाथ नतिजाको बारेमा प्रश्न साधेरे हामीलाई दिक्क लगाउछन् ।

२. तिमी मोटाको हो ?

जसलाई पनि आफु सुन्दर तथा स्लिम देखिन मन हुन्छ । तर परिस्थिति तथा खानपानमा उचित ध्यान नपुर्‍याउँदा हामी मोटाउँछौ । मोटाएको तनाव एकातिर छदै, छ यसैबीच साथिभाइ तथा आफन्तबाट भने के तिमी मोटायौ कि क्या हो, भन्ने प्रश्न सुनिरहनु पर्ने हुन्छ । यति मात्रमा उनीहरु सीमित रहँदैनन्, अझ मोटोपना घटाउने सुझाव समेत दिन्छन् ।

३. आजकल के गर्दैछौ ?

यदि कोहिसँग तपाईको एकसाता मात्र भेट भएको छैन भने तपाईलाई भेट्नासाथ उसको पहिलो प्रश्न आजकल तिमि के गर्दैछौ भन्ने नै हुन्छ । नियमित भेट हुने मानिस समेत एक साता भेट नभएमा तपाईले गर्ने काम वा पेशाका बारेमा अनभिज्ञ झै प्रस्तुत हुन्छन् ।

४. जब के छ ?

यदि तपाई जागिर झल्किने पोसाक वा काममा भेट हुनु भएको छैन भने अधिकाशं आफन्तले तपाईलाई जब के छ भनेर दिक्क लगाउछन् । अझ तपाईसँग रोजगार छैन भने त उनीहरु अनि कतै जागिर छ कि त्यतिकै… भनेर वाक्याशं बीचमै छाडिदिन्छन् । तपाईको जागिर नपाउनुमा आफुहरु बढि दुखि भएजस्तो बोलिले ठिक्क पार्नेहरु भने तपाईको रोजगारीमा भन्दा तपाईको मुहारमा पर्ने फरकपनाबाट आनन्दित ह्ुछन् ।

५. फलानोबाट किन केही सिक्दैनौ ?

आफन्तसँग भेट हुदाँ तपाईको कुनै कमजोरी भेटिए वा तपाई आफैंले बताए पनि त्यसमा तपाईका आफन्तले फलानोले यस्तो गर्यो भनेर उदाहरण दिन छाड्दैनन् । यति मात्र होइन, उनीहरु तपाई र उसको उमेर वा अध्ययनको तुलना गरी तपाई उ भन्दा असफल भएको पुष्टि गर्दछन् । बिशेषतः उनीहरुको मानशिकतामा तपाईं असफल, अयोग्य र क्षमताहिन ब्यक्तिको रुपमा चिनिनु हुन्छ ।

६. अनि तलब कति छ ?

तपाई बेरोजगार हुदासम्म तपाईलाई जागिर के छ भनेर सोधिरहनेले ब्यक्तिहरु तपाईले जागिर पाएपछि पनि चित्त बुझाउदैनन् । तपाई रोजगार भएपछि उनीहरुको तनाब भनेको तपाईले पाउने पारिश्रमिक वा तलबका बिषयमा हुन्छ । उनीहरु कुनै न कुनै रुपमा तपाईंले कति कमाउनु हुन्छ भन्ने कुरा जान्न सदैब इच्छुक हुन्छन् । यसको पछाडि अधिकाशंको उद्देश्य भनेको तपाईंलाई सानो देखाउनु नै हुने गर्दछ ।

७. प्रेमी वा प्रेमिका छ ?

अधिकाशं आफन्तहरु पाहुनाका रुपमा तपाईकोमा आउना साथ केहिबेरको घुलमिलपछि र साथिभाइहरु दैनिकजसो तपाईको प्रेम कोहिसँग छ छैन सो बारे जान्न उत्सुक हुने गर्दछन् । उनीहरुको मनमा तपाईको सुन्दरता वा क्षमता अनुसार तपाईको प्रेम नहुनुपर्ने र भएपनि नटिक्नु पर्ने र टिकेमा पनि तपाईको प्रेमीप्रेमिका सुन्दर छैनन् भन्ने मानशिकता हुन्छ ।

त्यसैले तपाईंका आफन्तहरु तपाईंको प्रेमी वा प्रेमिका भए नभएको सोध्न गर्दछन् । तर यसमा अचम्मको कुरा के छ भने तपाईले छैन भनेर उनको प्रश्न सक्नु भन्दा छ भनेर अरु प्रस्नको उत्तर दिनुहुनेछ भन्ने उनीहरुको आशा हुन्छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १० : ४९ बजे

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ– चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर