भेष बदलेर अमेरिका जान लागेका युवक पक्राउ « Khabarhub

भेष बदलेर अमेरिका जान लागेका युवक पक्राउ


२६ भदौ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भेष बदलेर अमेरिका जान लागेका एक युवक पक्राउ परेका छन्। भारतीय ३२ वर्षे युवक ८१ वर्षे भेषमा अमेरिका जान लागेको समाचार संस्था सीएनएनले जनाएको छ ।

उनलाई अमेरिकी शहर न्यूयोर्कका लागि विमान चढ्न लागेका बेला नक्कली राहदानीका साथ पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्। ३२ वर्षे जएस पटेललाई भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार पक्राउ गरिएको हो।

फुलेको दाह्री र मोटो चस्माका साथ पटेलले प्रारम्भिक सुरक्षा जाँच र अध्यागमन विह्वल चेयरमा बसेर पार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। तर उनले सबै अधिकारीहरूलाई झुक्याउन भने सकेनन्।

दोस्रो सुरक्षा जाँचका बेला उमेरका कारण आफू उभिन नसक्ने बताएपछि उनीमाथि शङ्का बढेको थियो। अधिकारीहरूले राहदानी मागेपछि उनले अम्रिक सिङ नाम रहेको कागजात दिएका थिए। राहदानीमा उनको जन्ममिति फेब्रुअरी १, १९३८ उल्लेख थियो। उनको जन्म दिल्लीमा भएको थियो।

यात्रुको हुलिया र छाला हेर्दा राहदानीमा उल्लेख गरिएको उमेरसँग मेल खाएजस्तो देखिएपछि सोधपुछ गर्दा उनले हुलिया बदलेको पाइएको इन्डस्ट्रियल सेक्युरिटी फोर्सका प्रवक्ताले बताए ।

प्रकाशित मिति : २६ भदौ २०७६, बिहिबार  ७ : ३१ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’