पूर्वी लद्दाखमा भारत र चिनियाँ सेनाबीच झडप « Khabarhub

पूर्वी लद्दाखमा भारत र चिनियाँ सेनाबीच झडप


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– पूर्वी लद्दाखमा भारत र चिनियाँ सेनाबीच ‘झडप’ भएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार गस्तीमा रहेको भारतीय सेना र सुरक्षार्थ तैनाथ चिनियाँ सैनिक बीच बुधबार झडप भएको हो ।

यो घटना १ सय ३४ किलोमिटर लामो पिङगङ्ग ताल (सरोवर)को उत्तरी किनारामा भएको हो, जसको दुई तिहाई हिस्सा चीनको नियन्त्रणमा छ ।

भारतीय सैनिक उक्त समयमा गस्तीमा रहेका जनाइएको छ । आफ्नो नियन्त्रण क्षेत्रमा भारतीय सैनिकले गस्ती गर्न थालेपछि चिनियाँ सेनाले विरोध जनाएका थिए ।

चिनियाँ सैनिकले विरोध जनाएपछि दुवै पक्षबीच तनाव उत्पन्न भएको टाइम्स अफ इन्डियाले लेखेको छ ।

तनाव उत्पन्न भएको क्षेत्रमा दुवै देशका सैनिकको संख्या बढ्दै गएपछि बुधबार राति नपर्दासम्म झडप कायम रहेको जनाइएको छ ।

दुवै सेनाका बिग्रेडियरस्तरमा छलफल चलेपछि स्थिति सामान्य बनेको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  १० : ५७ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा