पूर्वी लद्दाखमा भारत र चिनियाँ सेनाबीच झडप « Khabarhub

पूर्वी लद्दाखमा भारत र चिनियाँ सेनाबीच झडप


२६ भदौ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– पूर्वी लद्दाखमा भारत र चिनियाँ सेनाबीच ‘झडप’ भएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार गस्तीमा रहेको भारतीय सेना र सुरक्षार्थ तैनाथ चिनियाँ सैनिक बीच बुधबार झडप भएको हो ।

यो घटना १ सय ३४ किलोमिटर लामो पिङगङ्ग ताल (सरोवर)को उत्तरी किनारामा भएको हो, जसको दुई तिहाई हिस्सा चीनको नियन्त्रणमा छ ।

भारतीय सैनिक उक्त समयमा गस्तीमा रहेका जनाइएको छ । आफ्नो नियन्त्रण क्षेत्रमा भारतीय सैनिकले गस्ती गर्न थालेपछि चिनियाँ सेनाले विरोध जनाएका थिए ।

चिनियाँ सैनिकले विरोध जनाएपछि दुवै पक्षबीच तनाव उत्पन्न भएको टाइम्स अफ इन्डियाले लेखेको छ ।

तनाव उत्पन्न भएको क्षेत्रमा दुवै देशका सैनिकको संख्या बढ्दै गएपछि बुधबार राति नपर्दासम्म झडप कायम रहेको जनाइएको छ ।

दुवै सेनाका बिग्रेडियरस्तरमा छलफल चलेपछि स्थिति सामान्य बनेको थियो ।

प्रकाशित मिति : २६ भदौ २०७६, बिहिबार  १० : ५७ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’