सामाजिक सुरक्षा कार्यक्रम– ठूला रोजगादाता कम्पनीको उत्साहजनक योगदान « Khabarhub

सामाजिक सुरक्षा कार्यक्रम– ठूला रोजगादाता कम्पनीको उत्साहजनक योगदान


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गत आर्थिक वर्षदेखि सञ्चालनमा ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यक्रममा ठूला रोजगारदाता कम्पनीहरुले उत्साहजनक सहभागिता जनाएका छन् ।

गत आर्थिक वर्षमा कोषको कार्यक्रममा सहभागिता जनाउन आनाकानी गरेका ठूला रोजगारदाता कम्पनी, प्रतिष्ठान, साना तथा मझौता उद्योगहरुको चालू आर्थिक वर्षको २ महिनामा ३ गुणाले बढेको सामाजिक सुरक्षा कोषले जनाकारी दिएको छ ।

विहीवार मध्याह्नसम्ममा ४ हजार ९ सय २० रोजगारदाता कम्पनी र ५० हजार २ सय ६० जना योगदानकर्ता कोषमा सूचीकृत भएको कोषले जनाएको छ । कोषमा ९७ लाख रुपैया योगदानवापत रकम जम्मा भएको पनि कोषले जानकारी दिएको छ ।

गत आर्थिक वर्षमा २ हजार रोजगारदाता र संघसंस्थामात्रै कोषमा सूचीकृत भएका थिए । भने, २० हजारले कोषमा योगदान गरेको कोषले जनाएको छ ।

चालु आर्थिक वर्ष सुरु भएको पछिल्लो दुई महिनामा ५० हजार १ सय ४० जना योगदानकर्ता र ४ हजार ८ सय रोजगारदाता कम्पनी सूचीकृत भएका छन् । गत वर्षको तुलनामा चालू आर्थिक वर्ष सुरु भएको दुई महिनामा ३ गुणाले कोषको कार्यक्रममा सहभागिता बढेको छ ।

चालु आर्थिक वर्ष सुरु भएको दुई महिनामा कोषमा योगदान गर्ने रोजगारदाता र श्रमिकको संख्या उच्च रहेको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले जानकारी दिए । अन्य देशमा सामाजिक सुरक्षा सञ्चालनमा ल्याएको ४ वर्षपछि मात्र कार्यन्वयनमा आएको निर्देशक ज्ञवालीले बताए ।

‘कोषले सामाजिक सुरक्षाका बारेमा सचेतना गराउन रोजगारदाता कम्पनी प्रतिष्ठान, उद्योग र साना तथा मझौला रोजगारदाता कम्पनीमा स्वयंसेवक खटाएको छ ।

ठूला रोजगारदाता कम्पनीमा कोषकै कर्मचारी बसेर योगदानमा सूचीकृत गराउन काम भइरहेको छ ’ उनले भने, ‘कोषका बारेमा जानकारी लिएर सहभागिता हुने क्रम बढ्दो छ । लक्ष्यअनुसार नै कोषमा योगदानकर्ता सूचीकृत भइरहेका छन् । सरकारले कोषमा सूचीकृत हुन दिएको समयसम्म करिब लाखभन्दा रोजगारदाताले योगदान गर्ने विश्वास कोषको छ ।’

कोषले प्रकाशन गरेको सूचना अनुसार कोषमा सूचीकृत हुन नआएका, आउन नसकेका रोजगारदाता तथा श्रमिकलाई २०७६ असोजमसान्तसम्म सूचीकृत भइसक्न निर्देशन जारी गरेको छ ।

कोषले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा २० को उपदफा (३) बमोजिम सूचीकृत हुनका लागि रोजगारदाता र श्रमिकलाई आह्वान गरेको हो । गत आर्थिक वर्षको फागुन महिनादेखि कोषले योगदानका लागि रोजगारदाता र श्रमिकलाई पटक पटक आह्वान गरेको थियो ।

कोषमा सूचीकृत भएका ठूला कम्पनी 

चौधरी गुरुप, नर्भिक अस्पताल, बिएण्डबी अस्पताल, गोल्छा अर्गनाइजेसन, आम्दा नेपाल अस्पताल, डाबर नेपाल, सोल्टी होटल, सांग्रिला होटल, मेरियट होटल, सूर्य नेपाल, शिवम सिमेन्ट, युनिलिभर नेपाल लि, नोवल मेडिकल कलेज, मेडिकेयर अस्पतालगायत ठुला रोजगारदाता कम्पनी सामाजिक सुरक्षा कोषको कार्यक्रममा सहभागि भएको कोषले जानकारी दिएको छ ।

करिब ५ हजारभन्दा धेरै रोजगारदाता कम्पनीमा २० जनाभन्दा बढी श्रमिक रहेको कोषले जानकारी दिएको छ । यस्तै करिब २ सय आउटसोर्सिङ कम्पनीहरु पनि कोषमा सुचीकृत भएका छन् ।

देशभर १० जनाभन्दा धेरै श्रमिक राखि व्यवसाय सञ्चालन गर्ने रोजगारदाता कम्पनी न्यून छन् । १० जना भन्दा धेरै श्रमिक राखेर उद्योग सञ्चालन गर्ने करिब ४० हजार रोजगारदाता मात्र रहेको सरकारी अनुमान छ ।

सरकारको लोकप्रिय कार्यक्रम 

सामाजिक सुरक्षा कोष कार्यक्रम सरकारको लोकप्रिय कार्यक्रमभित्र पर्छ । यो कार्यक्रमलाई सरकारले मुख्य योजनाका रुपमा राखेको थियो ।

गत आर्थिक वर्षदेखि नै सरकारले यो कार्यक्रमका लागि जनतामुखी बनाउने घोषण गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसहित अन्य मन्त्रीहरू, सरकारी निकायका अधिकारीहरू, रोजगारदाता संघ संस्थाका प्रतिनिधि, मजदूर संगठनका प्रतिनिधि, सरोकारवालालगायतको सहभागितामा गत वर्ष मंसिरमा तामझाममा साथ उद्धघाटन गरिएको थियो । चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा कल्याणकारी कोषमा करिव २२ अर्ब बजेट विनियोजन भएको छ ।

रोजगारदाता तर्किदै 

तथ्यांक विभागको वार्षिक प्रतिवेदनमा ९ लाख २३ हजार ३ सय ५६ वटा उद्योग दर्ता रहेका उल्लेख गरिएको छ । उक्त उद्योगहरुमा करिब ४० लाख श्रमिक रोजगारीमा कार्यरत रहेको तथ्यांक विभागमा छ ।

जसमा करिब देशभर ५ लाख उद्योग सञ्चालनमा रहेको सरकारी अनुमान छ । जसका आधारमा कोषमा सहभागी हुन प्रतिष्ठानहरुको संख्या अति न्युन रहेको छ । विभागको तंथ्याक आधारमा अधिकांश रोजगारदाता कोषको कार्यक्रममा सहभागि हुनबाट तर्किएको पाइन्छ ।

योगदान गरे बापत पाउने सुविधा 

सरकारले उद्योग प्रतिष्ठानमा काम गर्ने श्रमिकको न्युनतम पारिश्रमिक १३ हजार चार सय ५० रुपैयाँ निधारण गरेको छ । यसैका आधारमा कोषमा श्रमिकको न्यूनतम तलबको ११ प्रतिशत रकम जम्मा हुनेछ । उक्त रकममा रोजगारदाता कम्पनीले २० प्रतिशत थप गर्नेछ । सरकारले १ प्रतिशत योगदान गरेर ३१ प्रतिशत कोषमा जम्मा हुने छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कायविधि २०७५ समेत स्वीकृत गरिसकेको अवस्था छ । सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्ने कार्यविधिमा उल्लेख छ ।

कार्यविधिमा कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्ने व्यवस्था गरिएको छ । औषधिउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियाको शुल्क, रोगको परीक्षण तथा उपचार खर्च, औषधिको विल बमोजिमको खर्च प्राप्त गर्ने सुविधाको व्यवस्था गरिएको छ ।

योगदानकर्ता वा योगदानकर्ताको श्रीमती तथा नवजात शिशुको उपचार खर्चसमेत उल्लेखित रकमको हदमा नबढ्ने गरी दाबी गर्न सकिने छ ।

अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने योगदानकर्तालाई वार्षिक रुपमा एक लाख नबढ्ने गरी भर्ना भएको अस्पतालमा सिधै भुक्तानी गरिनेछ ।

महिला योगदानकर्ता वा योगदानकर्ताको पत्नी प्रसूति भएको अवस्थामा प्रसूति स्याहारका लागि प्रतिशिशु एक महिनाको न्यूनतम पारिश्रमिक बराबरको रकम उपलब्ध हुनेछ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  १ : १२ बजे

स्याङ्जाको तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता

किराती–साम्पाङ भेटवार्ता सकारात्मक, दुवै सुनसरी–१ बाट उठ्ने तयारीमा

धरान– पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी अध्यक्ष परिषद्का सदस्य सुदन

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

चौतारा– यहाँको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला

इरानमा सरकार विरोधी आन्दोलन तीव्र

दुबई– इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन

पृथ्वीनारायण शाहको राष्ट्रप्रेम र एकताको भावना हाम्रा लागि प्रेरणाको स्रोत : सभामुख घिमिरे

काठमाडौं– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय एकता, आपसी सद्भाव