रोयल इन्फिल्डको ‘इन्टरसेप्टर ६५०’ बाइक नेपाली बजारमा, यस्ता छन् विशेषता | Khabarhub Khabarhub

रोयल इन्फिल्डको ‘इन्टरसेप्टर ६५०’ बाइक नेपाली बजारमा, यस्ता छन् विशेषता


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- इण्डियन मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्डको ‘इन्टरसेप्टर ६५०’ बाइक नेपाली बजारमा भित्रिएको छ ।

नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्स प्रा.लि.ले सो बाइक नेपाली बजारमा भित्र्याएको हो । कम्पनीका अनुसार केहि दिन अघि नै नेपाल भित्रिसकेको सो मोटरसाइकललाई अबको एक हप्ता भित्र सार्वजनिक गरिनेछ ।

‘इन्टरसेप्टर ६५०’ लाई रोयल इन्फिल्डको एउटा अलग्गै टेस्ट भएको मोटरसाइकलको रुपमा लिने गरिएको छ । यस मोटरसाइकलको सवल पक्षको रुपमा यसको इञ्जिनलाई लिइन्छ । यस मोटरसाइकलमा ६४९ सीसी प्यारालल-ट्वीन इञ्जिन दिइएको छ जसले ४७ बीएचपीको पावर र ५२ एनएमको टर्क प्रदान गर्दछ ।

यस मोटरसाइकलमा भएको डवल सिलिण्डर इञ्जिनले भाइब्रेसन विल्कुलै उत्पन्न गर्दैन भने यसमा दिइएको ओएल तथा एयर कुलिङ्ग टेक्नोलोजीले इञ्जिन तात्ने समस्यालाई पनि कम गर्दछ । त्यसैगरी, ६-स्पिड गियरबक्स भएको यस मोटरसाइकलमा स्लिपर क्लच पनि समावेस गरिएको छ ।

कम्पनीका अनुसार १४ लिटर फ्युल ट्याङ्क क्यापासिटी रहेको इन्टरसेप्टर ६५० ले २५ केएमपीएल हाराहारीको माइलेज र १६० केएमपीएच प्लसको टप स्पिड दिन्छ ।

यस मोटरसाइकलका दुबै चक्काहरुमा डिस्क ब्रेक दिइएको छ भने सेफ्टि फिचरको रुपमा डुअल-च्यानल एबीएस दिइएको छ । त्यसैगरी, यस मोटरसाइकलको रेट्रो लुक्स कायम राख्नका लागि यसमा कन्भेन्स्नल टेलिस्कपिक फर्क तथा ट्वीन शक एब्जर्बर्सहरुलाई सस्पेन्सनका रुपमा जडान गरिएको छ ।

विवेक अटोमोवाइल्सले जनाए अनुसार नेपालमा हाल इन्टरसेप्टर ६५० लाई मात्र सार्वजनिक गरिने छ भने रोयल इन्फिल्डकै ६५० सीसीको अर्को उत्पादन ‘कन्टिनेन्टल जिटि ६५०’ लाई चाहिँ केहि पछि मात्र नेपाल भित्र्याउने कम्पनीकाे योजना रहेको छ ।

नेपालमा लञ्च पश्चात इन्टरसेप्टर ६५० को बजार मूल्य १२ लाख रुपैयाँको हाराहारी पर्न आउने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ८ : ५७ बजे

बालुवा, धुलोको आँधीले विश्वव्यापी ३३ करोड मानिसमा असर, वार्षिक ७० लाखको अकाल मृत्यु : संयुक्त राष्ट्रसङ्घ

जेनेभा– संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) को हालैको

‘सरकारले एक वर्षमा जनअपेक्षा पूरा नगरे पनि केही राम्रा काम भए’

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान सरकारको एक

मन्त्री गुप्ता जोडिएको अडियो प्रकरणमा प्रधानमन्त्रीले छानबिन गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको

स्वास्थ्य बिमा बोर्डले सबै स्थानीय तहमा प्रथम बिन्दु तोक्दै 

काठमाडौं– बिमाको प्रथम सेवा विन्दुको बारेमा आवश्यक जानकारी गराउन सबै

तीन गीतविरुद्ध साइबर उजुरी, प्रियंका र तेजेन्द्र-निकिशाले अभिनय गरेको पनि पर्‍यो

काठमाडौं – राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नेपाली गीत–संगीतबाट विकृति फैल्याएको