नेपाल बैंकले ल्यायो दुई नयाँ योजना « Khabarhub

नेपाल बैंकले ल्यायो दुई नयाँ योजना


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८३औँ वर्ष प्रवेशका अवसरमा विभिन्न योजना अगाडि सारेको छ ।

बैंकले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार बैंकले ‘ग्रिन सेभिङ निक्षेप योजना’ र ‘सुलभ आवास कर्जा योजना’ अगाडि सारेको हो ।

बैंकले ग्रिन सेभिङ निक्षेप योजनामा सहभागी हुनेलाई रु ५० हजारसम्मको औषधोपचार सुविधा, रु ५० लाखसम्मको दुर्घटना बीमालगायतका सुविधा प्राप्त गर्नेछन् । न्यूनतम मौज्दातमा रु २५ हजारमा बचत खाता खोल्न सकिने सो योजनामा सहभागी हुने निक्षेपकर्तालाई ६ दशमलव ५ प्रतिशत ब्याज प्राप्त गर्नेछन् ।

सो योजनाअन्तर्गत सङ्कलन हुने निक्षेपको रकम बैंकले नवीकरणीय ऊर्जा तथा वातावरणमैत्री क्षेत्रमा प्रवाह गर्नेछ । बैंकले ल्याएको यस योजनाले ग्राहकको आर्थिक हित प्रवद्र्धन गर्नाका साथै नागरिकमा वातावरणीय सचेतना अभिवृद्धि हुने विश्वास लिइएको छ ।

यस्तै बैंकले सुलभ आवास कर्जा योजनाअनुसार बैंकको आधार ब्याजदरमा थप एक–दुई प्रतिशतसम्म किस्ता थप गरी न्यूनतम पाँच वर्षदेखि २० वर्षसम्मको अवधिका लागि आवास कर्जा प्राप्त गर्न सक्नेछन् । सो योजनामा ग्राहकले अग्रिम भुक्तानी शुल्क तिर्नुपर्ने छैन । ग्राहकले आनै जग्गामा घर निर्माण गर्न, घर खरीद गर्न, घर मर्मतसम्भारका लागि सुलज ब्याजदरमा कर्जा प्राप्त गर्नेछन् ।

बैंकको हाल सात प्रदेशका ६३ जिल्लामा रहेका १६७ शाखा, २३ एक्सटेन्शन काउन्टर, १०२ एटिएम सञ्चालनमा छन् । बैंकले कूल १७ लाख ग्राहकलाई सेवा दिएको छ ।

चालू आवको प्रथम त्रैमासको अन्त्यसम्म बैंकमा निक्षेप रु एक खर्ब १७ अर्ब तथा कर्जा रु ९८ अर्ब ४६ करोड रहेको छ । सो अवधिमा बैंकले रु ५८ करोड १८ लाख खुद मुनाफा आर्जन गरी अधिकांश वित्तीय सूचक सकारात्मक रहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ८ : ४५ बजे

कञ्चनपुर पुनर्वासको शिवकृष्ण जनरल स्टोर्समा २५० को सामान किन्नेले पाए १० लाख पुरस्कार

काठमाडौं– सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तगर्त पहिलो

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक