सुजुकीको ६ दिने निःशुल्क सर्भिस क्याम्प « Khabarhub

सुजुकीको ६ दिने निःशुल्क सर्भिस क्याम्प


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सीजी मोटोकर्पको डल्लुस्थित सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका गाडीमा अफरसहित ६ दिने निःशुल्क सर्भिस क्याम्प शुरू भएको छ।

सर्भिस क्याम्पमा ‘एसी चेक’, ‘ब्याट्री चेक’, ‘ओभरअल चेकअप’ र ‘कार वासिङु निःशुल्क गरिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ‘थ्री डी ह्विल अलाइन्मेन्ट’ र ‘एसडीटी डायग्नोस्टिक’मा ५० प्रतिशत छुट दिइने छ।

स्पेयर पार्टस्, इन्जिन आयल र एसेसोरिजमा १० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ।

डल्लु कंकेश्वरी मन्दिर नजिक रहेको सुजुकी सर्भिस सेन्टर नेपालकै ठूलो सुविधासम्पन्न सर्भिस सेन्टर भएको दाबी गर्दै कम्पनीले अत्याधुनिक उपकरण र डायग्नोस्टिक सिस्टम रहेको जनाएको छ।

२३ हजार ३ सय ८१ स्क्वायर फिटमा फैलिएको सर्भिस सेन्टरमा हरेक महिना दुई हजारभन्दा बढी कार सर्भिसिङ गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १ : २१ बजे

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन