दिनरात काम गरेर मतदाताको विश्वासको ऋण तिर्छु–जोनसन « Khabarhub

दिनरात काम गरेर मतदाताको विश्वासको ऋण तिर्छु–जोनसन


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बोरिस जोनसनको नेतृत्वमा कन्जर्भेटिभ पार्टीले बेलायतको आमनिर्वाचनमा ‘ऐतिहासिक’ जित हात पारेपछि उनले दिनरात काम गरेर मतदाताको विश्वासको ऋण तिर्ने बताएका छन् ।

एक सिटको नतिजा आउन बाँकी रहँदा जोनसनको पार्टीले आवश्यक बहुमतभन्दा ७७ सिट बढी जितिसकेको छ । बेलायतमा बोल्दै जोनसनले यस जितलाई अर्को महिना ईयूबाट बेलायतलाई अलग्याउने जनादेश बताएका छन् ।

आफ्नो आधारक्षेत्रमा पराजित भएपछि लेबर पार्टीका जेरेमी कोर्बिनले अर्को निर्वाचनमा आफूले नेतृत्व नगर्ने बताएका छन् ।

विजय सम्बोधनमा जोनसनले कार्यकर्ताहरूलाई ‘हामीले गर्यौँ’ भन्दै यस नतिजाले देशको लागि नयाँ बिहानी सुरु भएको बताए ।

उनले लेबर मतदाताहरूले पहिलोपटक कन्जर्भेटिभ पार्टीलाई मत हालेकोमा धन्यवाद दिँदै आफूले ‘नागरिकको सरकार’को नेतृत्व गर्ने र आफूलाई दिइएको ‘पवित्र विश्वास’लाई न्याय गर्ने बताए ।

“म दिनरात मेहनतले काम गरेर तपाईँको मलाई मत हाल्ने निर्णयलाई सही प्रमाणित गर्छु र अर्को पटकलाई समर्थन पाउने प्रयास गर्छु,” उनले भने।

“मानिसहरूले परिवर्तन चाहेका छन्… हामीले उनीहरूलाई निराश बनाउन हुन्न ।”

एक निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी रहँदा कन्जर्भेटिभले ३६४ स्थानमा र लेबरले २०३ स्थानमा जितेका छन् ।

यसको अर्थ सन् १९८७ को आमनिर्वाचन यता संसद्‍मा कन्जर्भेटिभको सबैभन्दा ठूलो उपस्थिति हुनेछ ।

लेबरले भने सन् १९३५ यताकै सबैभन्दा खराव नतिजा प्राप्त गर्ने देखिएको छ । लिबरल डेमोक्र्याटका नेता जो स्वीनसनले निर्वाचनमा पराजित भएपछि नेतृत्व छोड्ने बताएकी छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ४ : ०५ बजे

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर- चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन्

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको