अञ्जुको भावुक गीत: केकीकी आमा बनिन् बसुन्धरा | Khabarhub Khabarhub

अञ्जुको भावुक गीत: केकीकी आमा बनिन् बसुन्धरा


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका अञ्जु श्रेष्ठको स्वरमा रहेको आधुनिक शैलीको गीत ‘जाँदैछु’ को भिडियो सार्वजनिक गरिएको छ । गायिका श्रेष्ठको आफ्नै रचना रहेको यो गीतलाई ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा नायिकाद्वय केकी अधिकारी र बसुन्धरा भुसालको अभिनय छ । भिडियोमा बसुन्धरा र केकीले आमाछोरीको भूमिकामा अभिनय गरेका छन् । साथै गीतमा घर छोडेर विदेश जानुपरेको पीडालाई गायिका श्रेष्ठले शब्दमा उनेकी छिन् ।

उक्त गीतमा सुनील राईको संगीत छ भने मनोज सङसोनको एरेन्ज छ । गीतलाई पुष्कर श्रेष्ठले निर्माण गरेका हुन् ।

ज्ञानु राईले निर्देशन गरेको गीतको भिडियोमा अशोक मल्लको सम्पादन छ ।

गायिका अञ्जु बेलायतमा बस्दै आए पनि नेपाली गीत संगीत क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन् । सानैदेखि गीत संगीतमा रुचि राख्ने श्रेष्ठले नाटक तथा गीत लेखन समेत गरेकी छिन् । सन् १९९३ मा हङकङमा पहिलोपटक गीत रेकर्ड गराएकी अञ्जुले यतिबेला सन्देशमूलक गीत ल्याएर बजारमा आएकी हुन् ।

ओखलढुंगामा जन्मिएकी गायिका श्रेष्ठ उदयपुरको गाईघाट र सप्तरीको राजविराजसँग पनि उत्तिकै नजिक छिन् । उनले आफ्नो उर्जाशील केही समय यी जिल्लाहरुमै व्यतित गरिन् । सानैदेखि गायनमा रुची राख्ने श्रेष्ठ गीतका अलावा कथा, कविता, चित्रकला र नृत्यमा पनि उत्तिकै चासो राख्थिन् ।

पेशाले डेन्टल नर्स रहेकी उनी सांगीतिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन् । गीतका अलावा उनी सामाजिक कार्यमा पनि उनको सक्रियता छ । ‘सेवा नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने उनी विभिन्न संघ संस्थामा आवद्ध रहेर सामाजिक कार्य गर्दै आएकी छिन् ।

उनी ‘मिसेस नेपाल–२०१७’ को प्रतिस्पर्धामा उनले आफ्नै निर्देशनमा नाटकमा एकल अभिनय प्रस्तुत गरेर १६ प्रतिस्पर्धीलाई उछिन्दै मिसेस ट्यालेन्टको उपाधि जित्न सफल भएकी थिइन् ।

त्यतिमात्र नभएर उनको लेखन रहेका दुई वटा नाटकहरु बेलायतमा मञ्चन भइसकेका छन् । ती नाटकहरुको मञ्चनबाट उठेको रकम उनले सामाजिक कार्यमा सहयोग प्रदान गरेको जनाइन् । एउटा नाटकको मन्चनबाट उठेको रकम र मिसेस नेपाल यु के २०१७ को टीमबाट प्राप्त सहयोग भक्तपुरस्थित एक संस्थामा रहेका मस्तिष्क पक्षघात भएका बालबालिकाहरुको उपचारका लागि प्रदान गरिएको जनाइन् ।

त्यसैगरी अर्को नाटकबाट उठेको रकम र एनआरएनए युकेको सयोगमा सामाजिक कार्यमै खर्चिएको जनाइन् । उनी सन् २००६ यता बेलायतमै बसोबास गर्दै आएकी छिन् ।

उनले आगामी दिनमा पनि दर्शक र श्रोताका लागि नयाँ गीत ल्याएर आउने खबरहबलाई बताइन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ३ : ३० बजे

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण गरिँदै

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

तनहुँको घिरिङमा व्यावसायिक अङ्गुरखेती

तनहुँ– तनहुँको घिरिङ गाउँपालिका– ४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब

क्रिकेट खेलाडीलाई प्रधानमन्त्री ओलीको बधाई 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय

काँकडभिट्टा नाकाबाट १६ अर्ब १९ करोडको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष २०८१–८२ को १० महिनामा पूर्वी नाका

वातावरणमैत्री प्रविधि अवलम्बन गर्नु अहिलेको आवश्यकता : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले दिगो विकासका लक्ष्य प्राप्त गर्न वातावरणीय