अञ्जुको भावुक गीत: केकीकी आमा बनिन् बसुन्धरा « Khabarhub

अञ्जुको भावुक गीत: केकीकी आमा बनिन् बसुन्धरा


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका अञ्जु श्रेष्ठको स्वरमा रहेको आधुनिक शैलीको गीत ‘जाँदैछु’ को भिडियो सार्वजनिक गरिएको छ । गायिका श्रेष्ठको आफ्नै रचना रहेको यो गीतलाई ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा नायिकाद्वय केकी अधिकारी र बसुन्धरा भुसालको अभिनय छ । भिडियोमा बसुन्धरा र केकीले आमाछोरीको भूमिकामा अभिनय गरेका छन् । साथै गीतमा घर छोडेर विदेश जानुपरेको पीडालाई गायिका श्रेष्ठले शब्दमा उनेकी छिन् ।

उक्त गीतमा सुनील राईको संगीत छ भने मनोज सङसोनको एरेन्ज छ । गीतलाई पुष्कर श्रेष्ठले निर्माण गरेका हुन् ।

ज्ञानु राईले निर्देशन गरेको गीतको भिडियोमा अशोक मल्लको सम्पादन छ ।

गायिका अञ्जु बेलायतमा बस्दै आए पनि नेपाली गीत संगीत क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन् । सानैदेखि गीत संगीतमा रुचि राख्ने श्रेष्ठले नाटक तथा गीत लेखन समेत गरेकी छिन् । सन् १९९३ मा हङकङमा पहिलोपटक गीत रेकर्ड गराएकी अञ्जुले यतिबेला सन्देशमूलक गीत ल्याएर बजारमा आएकी हुन् ।

ओखलढुंगामा जन्मिएकी गायिका श्रेष्ठ उदयपुरको गाईघाट र सप्तरीको राजविराजसँग पनि उत्तिकै नजिक छिन् । उनले आफ्नो उर्जाशील केही समय यी जिल्लाहरुमै व्यतित गरिन् । सानैदेखि गायनमा रुची राख्ने श्रेष्ठ गीतका अलावा कथा, कविता, चित्रकला र नृत्यमा पनि उत्तिकै चासो राख्थिन् ।

पेशाले डेन्टल नर्स रहेकी उनी सांगीतिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन् । गीतका अलावा उनी सामाजिक कार्यमा पनि उनको सक्रियता छ । ‘सेवा नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने उनी विभिन्न संघ संस्थामा आवद्ध रहेर सामाजिक कार्य गर्दै आएकी छिन् ।

उनी ‘मिसेस नेपाल–२०१७’ को प्रतिस्पर्धामा उनले आफ्नै निर्देशनमा नाटकमा एकल अभिनय प्रस्तुत गरेर १६ प्रतिस्पर्धीलाई उछिन्दै मिसेस ट्यालेन्टको उपाधि जित्न सफल भएकी थिइन् ।

त्यतिमात्र नभएर उनको लेखन रहेका दुई वटा नाटकहरु बेलायतमा मञ्चन भइसकेका छन् । ती नाटकहरुको मञ्चनबाट उठेको रकम उनले सामाजिक कार्यमा सहयोग प्रदान गरेको जनाइन् । एउटा नाटकको मन्चनबाट उठेको रकम र मिसेस नेपाल यु के २०१७ को टीमबाट प्राप्त सहयोग भक्तपुरस्थित एक संस्थामा रहेका मस्तिष्क पक्षघात भएका बालबालिकाहरुको उपचारका लागि प्रदान गरिएको जनाइन् ।

त्यसैगरी अर्को नाटकबाट उठेको रकम र एनआरएनए युकेको सयोगमा सामाजिक कार्यमै खर्चिएको जनाइन् । उनी सन् २००६ यता बेलायतमै बसोबास गर्दै आएकी छिन् ।

उनले आगामी दिनमा पनि दर्शक र श्रोताका लागि नयाँ गीत ल्याएर आउने खबरहबलाई बताइन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ३ : ३० बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना