इण्डोनेशियामा ६.८ म्याग्नीच्यूडको भूकम्प, २० वटा पराकम्प « Khabarhub

इण्डोनेशियामा ६.८ म्याग्नीच्यूडको भूकम्प, २० वटा पराकम्प


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तलाई केन्द्र राखेर शुक्रबार अपराह्न गएको ६.८ म्याग्नीच्यूडको भूकम्पपछि कम्तीमा २० वटा पराकम्प गएको छ ।

इन्डोनेसियाको जलवायू तथा भौगर्भिक विभागले निकै ठूला परकम्पहरु एकपछि अर्को आएका र त्यसले जनजीवन त्रस्त बनाएको जनाएको छ ।

तीमध्ये सबैभन्दा ठूलो परकम्प ५.६ म्याग्नीच्यूडको थियो भने सबैभन्दा कमजोर परकम्प ३.४ म्याग्नीच्यूडको रहेको थियो । भूकम्पपछि सुनामीको अल्पकालीन चेतावनी जारी गरिएको थियो ।

सुलावेसी क्षेत्रमै गत सेप्टेम्बरमा गएको शक्तिशाली भूकम्प र सुनामीबाट कम्तीमा चार हजार ३४० जनाको ज्यान गएको थियो । करिब ७.५ म्याग्नीच्यूडको त्यस भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणको कार्य अझै जारी छ ।

यस भूकम्पबाट खासगरी सुलावेशीका पालु र डोङ्गाला शहर सर्वा्धिक प्रभावित थिए । सन् २००४ को डिसेम्बरमा सुमात्रा द्वीपलाई केन्द्रविन्दु बनाएर गएको ९.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पबाट हिन्द महासागरमा विनाशकारी सुनामी गएको थियो ।

यस सुनामीबाट भारत र श्रीलंका समेतका एक दर्जन मुलुकका दुई लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ७ : ५३ बजे

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन