धोनीको गल्तीले गुम्यो चेन्नइको हातमा आएको ट्रफी ? « Khabarhub

धोनीको गल्तीले गुम्यो चेन्नइको हातमा आएको ट्रफी ?


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइपीएलको १२ संस्करणको फाइनल खेल निकै रोमाञ्चक थियो । मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्सबीच खेलिएको यो खेलले आधा रातमा क्रिकेट प्रेमिको निन्द्र उडाएको थियो ।

क्रिकेट प्रेमिहरुको धड्कन रोकिएको यो फाइनलमा मुम्बइ इन्डियन्सले चेन्नाई सुपर किंग्सको अन्तिम बलसम्मको सामना गर्नु परेको थियो । र एक रनले जीत हात पारेको थियो ।

यो अन्तिम बल मुम्बइका सबैभन्दा अनुभगी तिब्रगतिका बलर र्या‍कारका लागि चर्चित लसिथ मालिंगाले लिएका थिए ।

उनको अगाडि थिए चेन्नईका शार्दुल ठाकुर । जीतका लागि १५० रनको खोजिमा थिए ठाकुर जब मैदानमा गए तब टीमका लागि दुई बलमा चार रन आवश्यक थियो ।

मलिंगाको पहिलो बलमा शार्दुल ठाकुरले दुई रन पनि बनाए । तर अन्तिम बलमा भने भने शार्दुल मालिंगाको शिकार भए ।

शार्दुललाई पठाएर धोनीले गरे गल्ती ?

मिडल स्टम्पको ठिक अगाडि उभिएका शार्दुल ठाकुरको प्याडमा बल गएर रोकियो र अम्पायरलाई आफ्नो औंला उठाउन कुनै संकोच भएन । यसका साथ मुम्बइको डगआउटमा बसेका खेलाडी जोश र खुशीसाथ मैदामा दौडिए ।

अर्को तर्फ चेन्नाइको टिममा सन्नाटा छायो । प्याड बाँधिएको हातमा ब्याट लिएका हरभजन सिंह रिसाएर उठे । उनको यो आक्रोशले के आफ्नो अनौठो निर्णयको दममा म्याचको नतिजा बदल्ने कप्तान महेन्द्र सिंह धोनीले शार्दुल ठाकूरलाई अन्तिम समयमा मैदानमा उतारेर गल्ती गरे ? भन्ने हो ।

क्रिकेट समीक्षक विजय लोकपल्ली ठान्छन्, यसमा धोनीले साच्चिकै गल्ती गरे । शार्दुल ठाकुरको सट्टा हरभजन सिंह चौका–छक्का हान्न माहिर थिए ।

अर्का एक क्रिकेट समीक्षक अयाज मेमनका अनुसार यो शायद प्रथम श्रेणी क्रिकेटमा शार्दुल ठाकुरको व्याटिङलाई ध्यानमा राखेर धोनीले यो निर्णय लिएका हुन् ।

हरभजनलाई पठाउनु ठीक

अब धोनीले जे निर्णय लिए लिए । त्यसलाई परिवर्तन गर्न मिल्ने अवस्था छैन । तर हरभजन सिंहसँग शार्दुल ठाकुर भन्दा धेरै अनुभव थियो । अयाज मेमनले भन्छन्,‘हरभजन सिंहसँग दबाव सहने तागत धेरै थियो ।’

‘तर धोनीले शायद शार्दुल ठाकुर हरभजन सिंहको तुलनामा राम्रो गर्छन् भन्ने सोचे होला, रविन्द्र जडेजाका साथ एक या दुई रन धेरै तीव्र लिन सक्छन् किनकी उनी युवा हुन्, यसका अलावा अरु कुनै कारण हो जस्तो लाग्दैन’ मेमनले भने ।

जे सुकै होस् लगभग जितिसकेको बाजी हारर्नुको ठूलो निराशा टीम चेन्नइ र कप्तान धोनीका लागि सहज छैन ।

अर्को तर्फ चेन्नाइको जीतको ढोका नजिक लगभग पुग्न लागेको बेला शेन वाट्सन रन आउट हुनु पनि चेन्नइको हारको सबैभन्दा ठूलो कारण बन्न गयो ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ९ : ३० बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने