चीनले पनि अमेरिकी सामानमा भन्सार बढायो « Khabarhub

चीनले पनि अमेरिकी सामानमा भन्सार बढायो


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– अमेरिकाले २ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा भन्सार शुल्क बढाएपछि चीनले पनि जवाफस्वरुप अमेरिकी सामानको आयातमा भन्सार बढाउने घोषणा गरेको छ ।

चीन सरकारको राज्य परिषद्को कर नीति आयोगले अब ६० अर्ब अमेरिकी डलर बराबरका ५ हजार भन्दा धेरै अमेरिकी उत्पादनमा भन्सार बढाइने जनाएको हो । ती सामानमा ५ देखि २५ प्रतिशतसम्म भन्सार शुल्क बढाइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ नियम आगामी जुन १ बाट लागू हुनेछ ।

चीनले अमेरिकी सामानमा भन्सार बढाउनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै चिनियाँ सामानमाथि भन्सार शुल्क बढाउँदा अमेरिकी उपभोक्तालाई कुनै असर नपर्ने भन्दै चीनले अमेरिकी कदमको बदलामा अमेरिकी सामानमा भन्सार बढाउन नहुने बताएका थिए ।
त्यसअघि चिनियाँ विदेशमन्त्रालयले चीनले कुनै पनि वाह्य दबाबसामु आत्मसमर्पण नगर्ने जनाएको थियो ।

पछिल्लो समय विश्वको सबैभन्दा विशाल दुई अर्थतन्त्रहरु अमेरिका र चीनबीच व्यापारिक विषयमा वार्ता भइरहेका बेला एकले अर्को मुलुकविरुद्ध भन्सार शुल्क बढाएका हुन् ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ८ : ४७ बजे

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष