देशभरको मौसममा आंशिक बदली : केहि ठाउँमा मेघ गर्जनसहित पानी पर्ने « Khabarhub

देशभरको मौसममा आंशिक बदली : केहि ठाउँमा मेघ गर्जनसहित पानी पर्ने

३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट

0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभर आज मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखा अनुसार सामान्य बदलीसहित केहि ठाउँमा मेघ गर्जनसहित पानी पर्ने र हावाहुरीको पनि सम्भावना रहेको जनाएको छ । आज पूर्वी नेपाल र पश्चिम नेपालमा हावाहुरीसहितको वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै मध्यभागमा साँझपख मेघ गर्जनसहित पानी आउने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिने मौसमको विवरण यस्तो छ :

जेठ ३० गते (बिहिबार)
दिउँसो: देशभरिनै आशिंकदेखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति: देशको पश्चिमी भु-भागमा सामान्यदेखि पुर्ण बदलीका साथै मध्य तथा पुर्वी भु-भागमा आशिंकदेखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका केहि स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

जेठ ३१ गते (शुक्रबार)
दिउँसो: देशको पुर्वी भु-भागमा सामान्य बदलीरहि मध्य तथा पश्चिमी भु-भागमा आशिंकदेखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य बदलीरहि मध्य तथा पश्चिमी भु-भागमा आशिंकदेखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

जेठ ३२ गते (शनिबार)

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ९ : १८ बजे

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको

सीको किताब जलाएपछि चीनको गम्भीर चासो, गृहले दियो कारबाहीको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटनाका सम्बन्धमा

‘अफ्रिकन स्वाइन फिभर’का कारण एक सय बीस बङ्गुर मरे

चितवन– अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर मरेका