कम्युनिस्ट सरकारले फेरि पनि धर्मका नाममा द्वन्द्व सिर्जना गर्न खोज्दै छ : कांग्रेस « Khabarhub

कम्युनिस्ट सरकारले फेरि पनि धर्मका नाममा द्वन्द्व सिर्जना गर्न खोज्दै छ : कांग्रेस


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीको वर्तमान सरकार धर्म र संस्कृतिका विषयमा अनावश्यक विवाद सिर्जना गरी द्वन्द्व बढाउने काममा लागेको आरोप लगाएको छ ।

बिहीबार राष्ट्रिय जागरण अभियानको विषयमा पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमार्फत कांग्रेसले गुठी विधेकको माध्यमबाट धर्म र संस्कृतिको विषयमा अनावश्यक रुपमा प्रवेश नगर्न पनि सरकारलाई सचेत गरायो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मातले यसअघिको कम्युनिस्ट (प्रचण्ड नेतृत्वको) तत्कालीन सरकार पनि अध्यात्मसँग सम्बन्धित थलोमा अनधिकृत रुपमा प्रवेश गरेको उल्लेख गर्दै भने, ‘अन्ततः उक्त सरकारका लागि परिणम सुखद् रहेन । र, फेरि पनि कम्युनिस्ट सरकार त्यहि दिशामा लागेको छ, सरकार सच्चियोस् ।’

वर्तमान सरकारका प्रधानमन्त्री नै विवादित र धर्मप्रचारक विश्वविद्यालयबाट विद्यावारिधीको उपाधि लिने होडमा लागेको उल्लेख गर्दै शर्माले सरकार आफैं द्वन्द्व निर्माण गर्ने बाटोमा लागेको पनि बताए ।

‘सरकार विभिन्न धर्मप्रचारकले आयोजना गरेका कार्यक्रममा सहभागी हुन्छ, विवादित विश्वविद्यालयबाट एकमाथि अर्को पिएचडीको पदवी थप्ने कुरामा प्रधानमन्त्री ज्यूलाई ध्यान पुग्छ,’ शर्माले भने, ‘अर्का तर्फ परम्परा, धर्म र संस्कृतिको सन्दर्भमा स्थापित गुठीहरुको बारेमा सरकार सरोकारवालाहरुसँग कुनै विमर्श नगरीकन, भावनामा पुग्ने चोटप्रति गम्भीर हेक्का नाराखी यस्तो विषयमा प्रवेश गर्छ । यसमा हामीले गम्भीर बिमति राखेका छौं ।’

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  १२ : ११ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल