मेन्डी पनि रियलमा « Khabarhub

मेन्डी पनि रियलमा


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्पेनिस फुटबल क्लब रियल मड्रिडले डिफेन्डरमा फेरलान्ड मेन्डीलाई पनि आबद्ध गरेको छ । रियलले बुधबार फ्रेन्च क्लब लियोनमेन्डीलाई ४ करोड ७० लाख पाउन्डमा अनुबन्ध गरेको हो । योसँगै मेन्डी रियल भित्रिने चौथो खेलाडी हुन् ।

फ्रान्सका २४ वर्षीय मेन्डीले रियलसँग ६ वर्षका लागि सम्झौता गरेका छन् । रियलले यसअघि चेल्सीबाट करिब १५ करोड पाउन्डमा इडेन हाजार्ड र फ्यांकफटबाट ५ करोड ३० लाखमा लुका योभिचलाई अनुबन्ध गरेको थियो ।

पूर्व पेरिस सेन्ट जर्मनका खेलाडी रहेका मेन्डीले लियोनका लागि गत वर्ष च्याम्पियन्स लिगका सबै खेलसहित ७९ खेल खेलेका थिए। फ्रान्सको राष्ट्रिय टोलीबाट ४ खेल खेलेका उनी मंगलबार एन्डोराविरुद्ध पहिलो रोजाइमा परेका थिए ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  १२ : २१ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले