राजपाको चेतावनी– सदन छाडेर सडक संघर्षमा उत्रिन नपरोस् « Khabarhub

राजपाको चेतावनी– सदन छाडेर सडक संघर्षमा उत्रिन नपरोस्


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले संसद छाडेर सरकारविरुद्ध सडक संघर्षमा उत्रने चेतावनी दिएका छन् ।

सरकार संविधान संशोधन र कार्यान्वयनमा प्रतिवद्ध नभए आफूहरु सदन छाडेर सडक संघर्षमा जाने कर्णको चेतावनी छ ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्दै कर्णले संविधान संसोधन र संविधानको कार्यान्वयनमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण पनि गराए ।

संविधान संसोधनको माग गर्नेहरु अहिले सरकारमा पनि र प्रतिपक्षमा पनि रहेको भन्दै उनले विगतको प्रतिवद्धतालाई नभुल्न चेतावनी पनि दिए ।

‘हामीलाई ससदबाट नधकेल्नुस् । हामी संसद बाहिर जादाको समयको याद होला तपाईंलाई ? यही ठाउँबाट हामी गएका हौं बाटोमा । फेरि हामी बाटोमा गयौ भने यो देशको स्वास्थ्य राम्रो रहन नसक्ला भन्ने म चिन्ता जाहेर गर्न चाहन्छु,’ कर्णले भने, ‘सरकारलाई अबिलम्ब यसबारेमा चिन्तन गर्न र अन्य पार्टी पनि सरकारमा खुसी भएर नबस्नुहोस् यो विषयमा तपाईंहरु पनि अगाडि बस्नुहोस् भन्ने अनुरोध गर्न चाहन्छु ।’

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  १२ : ४४ बजे

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक

ताकम र शिवाङमा सडक कालोपत्र

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र

 ललितपुरमा ४३ सेवाग्राहीलाई घरमै राहदानी वितरण

ललितपुर–  जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा सञ्चालन भएको एक महिनामा ४३

रास्वपा महाधिवेशन : ८० वटा विद्युतीय मेशिन तयार (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय