कोपा अमेरिका : मेस्सीका लागि अन्तिम अवसर ! « Khabarhub

कोपा अमेरिका : मेस्सीका लागि अन्तिम अवसर !


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जब जब अर्जेन्टिना अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारीमा रहन्छ, तब विश्व चर्चित खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको चर्चा पनि हुने गर्छ । मेस्सीको चर्चा मात्रै हुँदैन, उनको अन्तर्राष्ट्रिय फुटबल करियरकै कुरा चल्छन् । पुनः मेस्सीलाई लिएर विश्व फुटबल पण्डीतहरुले विश्लेषण शुरु गरिसकेका छन् ।

लगातार १४ वर्षदेखि अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएका मेस्सी अर्जेन्टिनाका सर्वकालीन उच्च गोलकर्ता समेत हुन् । तर, उनले अहिलेसम्म अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय ठूलो ट्रफी दिलाउन सकेका छैनन् ।

रुस विश्वकप शुरु हुन अगाडि पनि मेस्सीलाई लिएर विभिन्न टिका टिप्पणीहरु भए । तर, अर्जेन्टिना क्वाटरफाइनलभन्दा माथि पुग्न असफल रह्यो । यतिबेला आउँदो शनिबार ब्राजिलमा शुरु हुन लागेको कोपा अमेरिकालाई लिएर मेस्सीको चर्चा भइरहेको छ ।

यसअघि सन् २०१६ को कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । तर, अर्जेटिनी सरकार र फुटबल प्रशंसकको आग्रहमा सन्यास फिर्ता लिँदै टोलीमा फर्किएका थिए ।

‘म एक ठाउँमा उभिएर अझै राम्रो गर्ने कोसिस गर्छु । कति पटक असफल भए भन्ने कुरासँग सम्बन्ध छैन । यो राम्रो सन्देश हो एक बालकका लागि,फुटबलमा मात्रै हाृेइन, तर, जीवन नै,’ मेस्सीले भनेका छन्, ‘म अर्जेन्टिनाका लागि केही गरेर सन्यास लिन चाहान्छु ।’

ब्राजिलमा हुन लागेको कोपा अमेरिका पनि अर्जेन्टिनालाई उपाधि दिलाउने अन्तिम अवसर भएको मस्सीले बुझेका छन् । यो उपाधि उचाल्न सके उनको फुटबल करियरमा आएका सबै नराम्रा क्षणहरु बिर्सिनेछन् ।

अर्जेन्टिनाबाट ४ विश्वकप र ४ कोपा अमेरिका खेलेका मेस्सीमाथि सधै उठ्ने प्रश्न भनेको ‘किन उनी हप्ता दिनमा बार्सिलोनाका लागि खेलेको खेल अर्जेन्टिनाबाट खेल्दा प्रस्तुत गर्न सक्दैनन् ?’

मेस्सीको हकमा हरेक कोपा अमेरिकाले संकट सिर्जना गरिदिन्छ भने हरेक विश्वकपले उनको करियरमाथि प्रश्न उठाउँछ ।

कोपा अमेरिकाको पहिलो खेलमा अर्जेन्टिनाले बलियो टोली कोलोम्बियासँग खेल्दैछ । समूह बी मा रहेका यी दुवै टोलीले जुन १६ का दिन इताइपाभ एरिना फोन्टे नोभा रंगशालामा भिड्दैछन् ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  २ : ४६ बजे

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट तासी शेर्पा, सीतावादी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा

रास्वपाको केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको

पासपोर्ट छुटाइदिने भन्दै ६ लाखको बार्गेनिङ, दुई युवा पक्राउ

काठमाडौं – भारतबाट युरोपेली मुलुकहरूको भिसा लगाएर नेपाली नागरिकका पासपोर्ट

फेवातालका जलपर्यटन व्यवसायमा प्रशासनको कडाइ

कास्की – पोखरास्थित पर्यटकको प्रमुख आकर्षक गन्तव्यका रूपमा रहेको फेवातालमा

कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जामा सामुदायिक कुकुरले टोकेर बाख्रा