नेप्से परिसूचक निरन्तर ओरालो « Khabarhub

नेप्से परिसूचक निरन्तर ओरालो


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निरन्तर ओरालो लाग्दै आएको शेयर कारोबार मापक परिसूचक विहीबार पनि करीब तीन अंकले घटेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.९२ बिन्दुले घटेर एक हजार २६९.५५ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५३ बिन्दुले घटी २७१.८१ मा पुगेको छ ।

परिसूचक घटेसँगै कारोबारमा पनि गिरावट आएको छ । स्टकका अनुसार १७० कम्पनीको १४ लाख २३ हजार ६८७ कित्ता शेयर रु ४५ करोड ६५ लाख छ हजार ९४५ मूल्यमा खरीद बिक्री भए । कारोबार भएका कूल ११ उपसमूहमध्ये होटल ४.१९ बिन्दुले बढेको छ भने बैंकिङ २.०९, विकास बैंक ३.०७, जलविद्युत् ५.९३, वित्त ५.१३, निर्जीवन बीमा २३.१८, उत्पादन १८.२७, अन्य ०.३१, लघुवित्त २.८५, जीवन बीमा १४.७२ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ ।

घटेको बजारमा आज सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयर रु तीन करोड आठ हजार ५९२ बरारबको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै शिवम् सिमेन्ट रु दुई करोड ४६ लाख ४२ हजार ५६०, प्रभु बैंक रु दुई करोड ३३ लाख छ हजार ६१४, ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रु एक करोड ७४ लाख, नेपाल बैंक लिमिटेड रु एक करोड ५९ लाख ६३ हजार ५४७, एनआइसी एसिया बैंक रु एक करोड ४३ लाख ६६ हजार ५११ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु एक करोड ३१ लाख चार हजार ४०५ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।

घटेको बजारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडका शेयर धनीले ५.२६, कर्पोरेट डेभलपमेन्ट बैंक ५.०८, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ४.८२, नयाँ नेपाल लघुवित्त विकास बैंक ३.४८ र रैराङ हाइड्रो पावर कम्पनीका शेयरधनीले २.८८ प्रतिशतले कमाए । प्रुडेन्सिलय इन्स्योरेन्स कम्पनीका शेयरधनीले ४.६७, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ३.६८, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था ३.६३, सगरमाथा इन्स्योरेन्स कम्पनी ३.५० र मल्टीप्रपोज फाइनान्स कम्पनीका शेयरधनीले ३.५ प्रतिशतले गुमाए ।

यस्तै सिद्धार्थ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । सो कम्पनीले शेयरधनीलाई १५.४८ प्रतिशत शेयर लाभांश दिएलगत्तै प्रतिकित्ता रु ४७१ मा मूल्य समयोजन गरिएको हो । सो कम्पनीको औसत आधार मूल्य रु ७४७ रहेको छ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ५ : ०७ बजे

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि कर्जाको