आइतवारबाट काठमाडौंमा रात्रिबस गुड्ने, कति पर्छ भाडा ? « Khabarhub

आइतवारबाट काठमाडौंमा रात्रिबस गुड्ने, कति पर्छ भाडा ?


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–रातको समयमा यात्रा गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सरकारले यही असार १ गतेवाट रात्रिकालीन बस सेवा संचालनमा ल्याउने भएको छ ।

त्यसका लागि अहिले यतायात व्यवस्था विभाग अन्तिम चरणको तयारीमा जुटेको छ । यतायातसँग जोडिएका संघसंस्था तथा निजी कम्पनीहरुसंग पनि यस विषयमा समझदारी भइसकेको विभागको भनाइ छ ।

विभागका सूचना अधिकारी तिर्थराज खनाल भन्छन् ‘हामीले यातायात कम्पनीहरुलाई प्रस्ताव राखेका थियौं, दर्जनभन्दा बढी कम्पनीसँग समझदारी भएको भइसक्यो, सबैले आइतवार रातिवाट गाडी कुदाउँने छन् ।

समझदारीमा आएका सबै बस कम्पनीहरुले राति ९ बजेपछि बस संचालनमा ल्याउने छन् । यातायात व्यवस्था विभागका सवारी शाखा अधिकृत लेवन अधिकारीले हाललाई यातायात कम्पनीलले १ टिप मात्र रात्रिकालिन सेवा दिने बताए । उनले भने ‘९ बजेपछि कम्पनीहरुले थप १ ट्रिप बस सेवा दिनेछन्, एक रुट पुरा गर्न करिब २/३ घण्टा समय लागी हाल्छ, १२ बजेसम्म सडकमा बस देखिएला ।’

विभागका अनुसार रात्रि–बस चलाउन चाहने व्यवसायीलाई सरकारले अतिरिक्त सहुलियत समेत दिने भएको छ । अब रात्रि बस चलाउने संचालकलाई साविकको भन्दा ५० प्रतिशत बढी भाडा लिने अधिकार समेत दिइने भएको छ ।

हाल काठमाडौंमा सार्वजनिक बसहरुले अधिकतंम रातको ८ देखि ९ बजेसम्म मात्र बस सेवा दिँदै आएका छन् । मध्यरातसम्म काम गरेर घर फर्कन, अस्पताल जाने यात्रुले ट्याकसी सावरी प्रयोग गर्नुपर्ने बाध्यता रहदै आएको छ ।

यसअघि पनि २०६९ भदौमा रात्रिकालिन बस–सेवा संचालन भएको थियो । ६ महिनासम्म संचालन आएको उक्त सेवा यात्रु नपाएको भन्दै व्यवसायीहरुले बन्द गरेका थिए ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ५ : ४४ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट