जनकपुरमा लाखौंको डकैती, लुटेरा फरार | Khabarhub Khabarhub

जनकपुरमा लाखौंको डकैती, लुटेरा फरार


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर – जनकुपरको नगर क्षेत्रबाट मंगलबार राति करिव १ बजे करिव १० जनाको समुहमा आएका डाकाहरुले लाखौंको धनमाल लुटेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी दीपेन्द्र शाहीका अनुसार, जनकपुरधाम उपमहानगरपालिका पिडाडीस्थित शोभित राउतको घरबाट लुटेराले ५ लाख ५७ हजार नगदसहित सुनको गरगहनासमेत लुटेर लगेका हुन् ।

घरेलु हतियारसहित लुटपाट गर्न पुगेका डाँकाहरुको समूले कुटपिट गर्दा राउतकी श्रीमती निर्मला देवी र उनको घरमा डेरा गरेर बस्दै आएका विकास साह घाइते भएको प्रहरीले बताएको छ ।

घाइतेहरुको अहिले जनकपुरस्थित राम जानकी अस्पतालमा भइरहेको छ । घटनास्थलबाट मुजेलिया प्रहरी चौकी एक डेढ किलोमिटर रहेपनि प्रहरी ढिला गरी पुगेको पीडितहरुको आरोप छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  २ : ५८ बजे

तनहुँ प्रशासनमा बिहान ७ बजेदेखि सेवा

तनहुँ – जिल्ला प्रशासन कार्यालय तनहुँले नागरिकता र राष्ट्रिय परिचयपत्रका

एपिएफले जित्यो ‘प्रचण्ड कप’ भलिबलको उपाधि

कास्की – पोखरामा सञ्चालन भएको ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल

प्रभावकारी बन्दै पढ्दै कमाउँदै कार्यक्रम

मनाङ – व्यावहारिक ज्ञान सिकाउने उद्देश्यले सञ्चालित पढ्दै कमाउँदै कार्यक्रम

रेखा सम्मिलित अबुधाबीले यूएई महिला लिगको उपाधि जित्यो

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी रेखा पौडेल