सुनले तोड्यो नयाँ रेकर्ड, अझै बढ्ने सम्भावना « Khabarhub

सुनले तोड्यो नयाँ रेकर्ड, अझै बढ्ने सम्भावना


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउन महिना लागेसँगै बजारमा सुनको मुल्य लगातार उकालो लागेको छ । गत विहीबार प्रतितोला ७० हजार पुगेको सुनको मुल्य मंगलबार नयाँ रेकर्ड बनाउँदै प्रतितोला ७१ हजार पुगेको छ ।

चाडपर्व नजिकिँदै गर्दा सुनको मुल्य निरन्तर बढेसँगै उपभोक्ताहरु मारमा परेका छन् । सुनको मुल्य उकालो लागेसँगै सुन किन्ने भन्दा बेच्नेहरुको बढेका छन् ।

व्यापारीअनुसार गत वर्षहरुमा यो बेला सुन अर्डर प्रशस्त आउने र काम गर्न भ्याइनभ्याइ हुन्थ्यो । यो वर्ष सुनको मुल्य बढेसँगै एक महिनादेखि व्यापार सुस्ताएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । करिब एक सातादेखि स्थिर रहेको सुन मंगलबार १ हजार रुपैयाँले बढ्दै ७१ हजार पुगेको हो । विहीबार सुन तोलाको ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मुल्य कहिले ओरालो लाग्ला भनेर बसेका महिलाहरु यतिबेला पर्ख र हेरको अवस्थामा बसेका छन् । लगातार बढेको मुल्यले उनीहरुलाइ झनै निराशा पारेको छ । यता सुन व्यवसायीहरु भने अझै मुल्य बढ्ने सम्भावना रहेको बताउँछन् ।

किन बढिरहेको सुनको मूल्य ?

चीन र अमेरिकाका बीचको व्यापार युद्धको प्रभावका कारण पनि सुनको मुल्यमा उतारचढाव आएको महासंघले जनाएको छ ।

साथै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउँदा पनि त्यसको असर नेपाली बजारमा पर्न गएको महासंघ पूर्वअध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए ।

ब्याजदर घटेसँगै अन्य अद्यौगिक क्षेत्रमा लगानी गर्नेहरु विकल्पको रुपमा सुनतर्फ आकर्षित भएको शाक्यले बताए ।
भारतको जम्मू कश्मीर विवादका कारण पनि नेपाली बजारमा प्रभावित बन्न पुगेको छ । त्यता आन्दोलन भइरहँदा अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुन गएको उनले बताए ।

‘नेपाली रुपैयाँ र भारती रुपैयाँको विनिमय दर फिक्स छ’ शाक्य भन्छन्, झण्डै ३ रुपैयाँ ६० पैसा महंगो भइसकेको छ डलरको भाउ । कष्ट अफ प्रोडक्सन बढेकाले पनि सुनको भाउ बढ्दै गएको हो । साथै तत्काल सुनको मुल्य नघट्ने उनले जानकारी दिए ।

राष्ट्र बैंकले सुनको कोटा नबढाएका कारण समेत सुनको मुल्य बढेको हुन सक्ने व्यवसायी बताउँछन् ।

अहिले राष्ट्र बैंकले दैनिक १५ सय किलो सुन बजारमा प्रवाह गर्ने गरेको छ । व्यवसायीहरु भने दैनिक २५ सय भन्दा बढी सुन माग हुने बताउँछन् । माग र आपूर्तिबीचको सन्तुलन कायम हुन नसक्दा बजार भाउ आकासिने गर्छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ५ : ०८ बजे

पार्टी भन्दा ठूलो देश हो, सीमाबारे प्रधानमन्त्रीले चितवनबाट हैन सदनबाटै स्पष्ट पार्नुपर्छ : आरेन राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति

सडकमा खाल्डो भेटिए राज्यलाई एक लाख जरिवाना तिराउने कानुन चाहियो : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

नेकपाले भन्यो– रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले रास्वपा महाधिवशेनबाट पारित केहि दस्तावेजले लोकतन्त्रको

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई तत्काल रिहा गरियोस्

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति आपत्ति जनाएको 

प्रधानमन्त्रीको सीमा अभिव्यक्ति हटाउन माग गर्दै विपक्षीको सदनमा निरन्तर विरोध

काठमाडौं– प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै