बंगलादेशमा डेङ्गुका कारण ४० जनाको ज्यान गयो « Khabarhub

बंगलादेशमा डेङ्गुका कारण ४० जनाको ज्यान गयो


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बंगलादेश- बंगलादेशमा डेङ्गुका कारण सन् २०१९ मा ४० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारी आयेशा अख्तरका अनुसार बंगलादेशमा डेङ्गुको आशङ्कामा हजारौँको सङ्ख्यामा विरामीहरू भर्ना भएपछि अस्पतालहरूले उनीहरूको उपचार सेवामा समेत असहज महशुस गरेको छन् ।

लामखुट्टेको टोकाईबाट हुने भाइरल सङ्क्रमण, जसमा फ्लुको जस्तो लक्षण देखा पर्छ, डेङ्गु रक्तस्रावी ज्वरोको रूपमा विकसित हुने गर्छ र यो सामान्यतया दक्षिण एसियाली मुलुकहरूमा मनसुनी बर्षापछि अर्थात् जुनदेखि सेप्टेम्बरमा देखा पर्ने गरेको छ । तर यो बर्ष डेङ्गुले एशियाली केही मुलुकहरूमा जटिल समस्याका रूपमा देखा परेको छ ।

बंगलादेशमा गत जनवरीदेखि सोमबारसम्ममा ४४ हजार विरामी डेङ्गुको आशङ्कामा अस्पताल भर्ना भएका छन् । सोमबार मात्रै बंगलादेशका विभिन्न अस्पतालमा दुई हजार १०० बिरामी भर्ना भएका अस्पतालहरूबाट प्राप्त तथ्याङ्कमा उल्लेख गरिएको स्वास्थ्य मन्त्रालयका अधिकारी अयेशाले बताइन् ।

“मन्त्रालयले यसबर्ष अहिलेसम्म ४० डेङ्गुसम्वन्धित विरामीको मृत्यु भएको पुष्टि गरेको छ ।”

तर बंगलादेशी सञ्चारमाध्यमले गत हप्तासम्ममा १०० भन्दा बढी नागरिकको डेङ्गुका कारण मृत्यु भएको बताएका थिए । बंगलादेशमा एक हप्ता लामो इद–अल–आधा मनाउन लाखौँ नागरिकहरू शहरबाट गाउँ भित्रिने हुँदा रोग थप फैलिनसक्ने भन्दै अधिकारीहरूले चासो व्यक्त गरेका छन् ।

यद्यपि स्वास्थ्य मन्त्रीले भने डेङ्गुको सङ्क्रमण ‘विस्तारै घट्दै गएको’ यसै हप्ता ढाकामा एक सार्वजनिक कार्यक्रमका क्रममा बताएका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ७ : १२ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा