भारतको मध्य प्रदेशमा डुंगा दुर्घटना, ११ जनाको मृत्यु « Khabarhub

भारतको मध्य प्रदेशमा डुंगा दुर्घटना, ११ जनाको मृत्यु


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय राज्य मध्य प्रदेशको भोपालमा गणपति विसर्जनका क्रममा डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

गणपति विर्सजनका क्रममा भएको डुंगा दुर्घटनामा ११ जनाको मृत्युसँगै अन्य कैयौं व्यक्ति घाइते भएका जनाइएको छ ।

अझै पनि २ जना बेपत्ता रहेका जनाइएको छ । उक्त घटना भोपालको चर्चित ताल खाटलापुरा घाटमा भएको हो ।

घटनापछि डुंगा चलाउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा परेको डुंगाका चालक आकाश बाथम र चङ्गु बाथमविरुद्ध एफआईआर दर्ता गरिएको स्थानीय प्रहरीले जनाएको छ ।

मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथले घटनाको उच्चस्तरीय जाँचको आदेश दिएका छन् ।

खाटलापुर घाटमा शुक्रबार बिहान करिब साढे ४ बजे उक्त दुर्घटना भएको जनाएको छ । प्रदेशका जनसम्पर्क मन्त्री पीसी शर्माले मृतकका परिवारलाई सरकारले प्रतिपरिवार ४ लाख रुपैयाँ दिने बताए ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ११ : ५६ बजे

एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा-आमासहित पाँच जनाको अन्तिम संस्कार

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर

रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न

अमेरिका- रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न भएको छ

पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्छ : रामबहादुर थापा

काठमाडौं– नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले पुनर्निर्माणका

इरानी सैन्य लक्ष्य विरुद्धको आक्रमण पूरा गरेको सेन्टकमको दाबी

ताम्पा- संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानका विभिन्न सैन्य

प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित

काठमाडौं– प्रतिनिधिसभा बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गरेको