दर्शकले किन पत्याएनन् नम्रताको ‘एक्सन’ अवतार? « Khabarhub

दर्शकले किन पत्याएनन् नम्रताको ‘एक्सन’ अवतार?


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नम्रता श्रेष्ठलाई दमदार अभिनय गर्ने नायिकाका रुपमा लिने गरिन्छ । त्यति मात्र होइन, उनले आफूले निभाएको चरित्रलाई पनि कुशलताका साथ प्रदर्शन गरेकी हुन्छिन् । पछिल्लो समय उनी चलचित्र ‘जाइरा’ मा एक्सन अवतारमा देखिएकी थिइन् । यही चलचित्रका लागि उनले कपाल समेत छोटो बनाएका थिइन् । चलचित्र निर्माण हुन पनि लामो समय लागेको थियो ।

‘जाइरा’ भन्दाअघि रिलिज भएको चलचित्र ‘प्रसाद’ ले बरु दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । सो चलचित्रमा नम्रताले निभाएको भूमिकाको पनि उस्तै चर्चा र प्रशंसा भएको थियो । तर, हालै रिलिज भएको चलचित्र ‘जाइरा’ ले भने नम्रतालाई जिल्ल पारेको छ । यो चलचित्रमा नम्रता एक्सन अवतारमा देखिएकी थिइन् ।

त्यसो त नेपालमा एक्सन चलचित्र खासै सफल हुन सकेका छैनन् । तर, विदेशी एक्सन चलचित्रमा दर्शकको बढी ध्यान छ । एक्सन चलचित्रको बजार बलिउड र हलिउडले आफ्नो पोल्टामा पारेको छ ।

एक्सनप्रधान नेपाली चलचित्रले बजार नपाइरहेका बेला नम्रताको ‘जाइरा’ प्रदर्शनमा आएको थियो । मार्सल आर्ट खेलाडीको भूमिकामा उनी थिइन् । तर, दर्शकले यो चलचित्रलाई खासै मन पराएनन् ।

त्यसो त नम्रतालाई ‘लभर गर्ल’ का रुपमा दर्शकले रुचाएका छन् । नम्रताले एक्सन अवतारमा पनि दर्शकले रुचाऊन् भन्ने चाहेकी थिइन् । तर, फिल्मबाट उनले आशा गरेजस्तो प्रतिक्रिया पाइनन् । अहिले भने अब नम्रता कस्तो भूमिकामा देखिएलिन् भन्नेमा धेरैको चासो छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  १२ : २१ बजे

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक