अबैध उत्खनन गर्ने टिपर र चालकसहित प्रहरी नियन्त्रणमा « Khabarhub

अबैध उत्खनन गर्ने टिपर र चालकसहित प्रहरी नियन्त्रणमा


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली नदीबाट अवैध उत्खनन् गरेको भन्दै जेसिबी, टिपर र चालकलाई नियन्त्रणमा लिएको छ ।

भीमदत्तनगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रबाट ठेक्का नै नगरी अवैधरुपमा गिट्टी, बालुवा उत्खनन् गरिरहेको अवस्थामा १७ जना चालक, तीन जेसीबी र १६ वटा टिपर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए । उनले सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर कारवाही प्रक्रिया अघि बढाइने बताए ।

महाकाली नदीको स्रोत बाँडफाँटका विषयमा कञ्चनपुरको भीमदत्त र महाकाली नगरपालिकाबीच किचलो यथावत् छ । दुवै नगरपालिकाले आआफ्नो पायक पर्ने ठाउँबाट नदीजन्य वस्तु उत्खनन् गरिरहेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ९ : २८ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार