तपाईंलाई बाथ रोगले सताएको छ ? यी हुन् बच्ने उपाय « Khabarhub

तपाईंलाई बाथ रोगले सताएको छ ? यी हुन् बच्ने उपाय


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाथ रोग भन्नाले कुनै एउटा मात्र रोग नभएर विभिन्न रोगहरुको संकलनलाई बुझाउछ ।

अहिले सम्म १०० भन्दा बढि प्रकारका बाथ रोगहरु पत्ता लागी सकेको छ । यो रोग प्राय जसो अटोयिमुन प्रोसेसको कारणले हुन्छ ।

हाम्रो शरिरमा बाहिरी जिवाणु सँग लड्नको लागी बिशेष कोशीकाहरु हुन्छन् । जब कुनै कारणवस यी कोशीकाहरुले आफनै शरिरका विभिन्न अंगहरुलाई आक्रामण गर्न थाल्छन ,त्यसलाई अटोयिमुन प्रोसेस भनिन्छ । यस अटोयिमुन रोगहरुमा बाथ रोग,डाईवेटिज,थाईरोइड तथा अन्य रोगहरु पर्दछन् ।

बाथ रोग लाग्नुको कारण अहिलेसम्म पत्ता लागि सकेको छैन । तर जेनेटिक र कुनै विशेष जिवाणुको संक्रामणको कारणले भने बाथ लाग्न सक्छ । यसै गरी चुरोटको धुँवाले बाथको मात्रा बढाउन सक्छ ।

नेपालमा बाथको संख्या कति छ भनेर कुनै तथ्याकं छैन । चिकित्सकहरुका अनुसार विश्वको १० प्रतिशत जनसंख्यालाई बाथ रोग हुने अनुमान गरिएको छ ।

यस हिसाबले नेपालमा पनि प्राय ३० लाख बाथ रोगी हुनसक्ने चिकित्सकहरु बताउँछन् ।

नेपालमा गठिया बाथ, कुरकुरे हड्डी खिइने बाथ, हड्डी मक्खिने बाथ, यूरिक एसिडको बाथ, मेरुडण्डको बाथ, लुपस, मांसपेसीको बाथ, स्केलेरोडमा हुन् । यी बाहेक अन्य प्रकारका बाथ पनि देखिने गरेको छ ।

बाथ बच्चा देखि वृद्घ सम्म सबै उमेरका मानिसमा देखिन सक्छ । उमेर अनुसार बाथको प्रकार र जटिलता फरक फरक हुन्छ । यसै गरी महिला र पूरुषमा पनि कुनै बाथ महिलामा बढी देखिन्छ भने कुनै पूरुषमा देखिन्छ ।

बाथका लक्ष्यणहरु के के हुन ? कसलाई हुन सक्छ ।

बाथको प्रकार अनुसार लक्ष्यणहरु भिन्न भिन्न हुन्छन । प्राय जसो सबै बाथमा हुने लक्ष्यण भनेको जोर्नीहरु दुख्नु हो । साना तथा ठूला जोर्नीहरु दुख्ने, सुनिन्ने र अरठ्ठो हुने प्रारम्मिक लक्ष्यणमा पर्छ । समयमै उपचार नगर्दा जोर्नीहरु बिस्तारै बङ्गिदै जान सक्छ ।

गठिया बाथ: यो बाथ प्राय जसो ४० वर्ष कटेका महिला मान्छेमा बढी देखिन्छ । पुरुषमा भन्दा महिलामा यो तिन गुणा बढि देखिएको छ । यस बाथमा जोर्नीहरु दुख्ने, सुनिन्ने र अरठ्ठो हुने र बिस्तारै बङगिदै जाने हुन्छ ।

कुरकुरे हड्डी खिइने बाथ: यो बाथ प्राय जसो ५० वर्ष कटेका महिला र पूरुषमा बढी देखिन्छ । यसमा धेरै जसोको घुँडाको जोर्नी सिंधी तलमाथी गर्दा अथवा उकालो ओरालो हिड्दा दख्ने गर्छ । यसले हातका साना जोर्नीमा पनि असर गर्न सक्छ ।

युरिक एसिडको बाथ: यो प्राय जसो ४० वर्ष कटेका पुरुषमा देखिने बाथ हो । युरिक एसिड को बाथ महिला र बच्चामा धेरै देखिदैन । यस बाथमा प्राय जसो खुट्टाको बुढी औंला रातो भएर सुन्निएर बेस्सरी दख्ने गर्छ र ४, ५ दिनमै आफै निको भएर जान्छ । यस्तो दुखाई वर्ष दिनमा २, ३ पटक हुन सक्छ ।

लुपस: यो बाथ तन्नेरी महिलाहरुमा बढी पाईन्छ । यसमा जोर्नीहरु दुख्नुको साथै कपाल धेरै झर्ने ,मुखमा बारम्बार घाउ आउने,घाममा जादाँ अतिरिक्त पोल्ने र दाबर आउने तथा चिसोमा औलाको रँग परिवर्तन हुने जस्ता लक्ष्यणहरु देखिन्छन् ।

मांसपेसीको बाथ: यो पनि महिलामा बढी देखिने एक प्रकारको बाथ हो । यसमा शरीरका विभिन्न मांसपेसीहरु दुख्ने ,कटकटी खाने आलश्य लाग्ने ,निद्रामा समस्या हुन ेबारम्बार टाँउको दूख्ने जस्ता लक्ष्यण हुन सक्छन् ।
स्केलेरोडर्मास् यो बाथ म्हिलामा बढि देखिन्छ । यो बाथ भनेको छाला कडा हुने बाथ हो । यस बाथमा छाला संगै शरीरका भित्री अंगहरु जस्तै फक्सो, मुटु, खानाको नलीमा पनि असर पर्न सक्छ ।

बाथबाट बच्ने उपाय ?
बाथ हुने नदिन त कुनै उपाय छैन । तर बाथका जटिलताहरु बाट भने बच्न सकिन्छ । समयमा रोगको पहिचान र उपचार गरियो भने बाथ पुरापुरी नियन्त्रणमा आउन सक्छ ।

बाथको उपचार ?
बाथ रोगको नियन्त्रणका लागी विभिन्न प्रकारका औषधीहरु र पद्दतीहरु उपलब्द छन् । रोगको धरण र जटिलता अनुसार औषधिको प्रयोग गरिन्छ । बाथ भनेको दीर्घ कालीन रोग भएकोले औषधी पनि प्रायः लामो समय सम्म नै चल्छ । तर लक्षण शुरु भएको ३ महिनामा बाथको उपचार सुरु गर्न सकेमा बाथ रोग पुरा नियन्त्रणमा रहेर औषधी खान नपर्ने अवस्था पनि आउन सक्छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ४ : ५२ बजे

गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी

काठमाडौं- भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि

इरानी राष्ट्रपतिद्वारा पाकिस्तानी मध्यस्थताको प्रशंसा

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको