अपराध र भ्रष्टाचारको खुलासा गर्ने पत्रकार दुश्मनको निशानामा ! « Khabarhub

अपराध र भ्रष्टाचारको खुलासा गर्ने पत्रकार दुश्मनको निशानामा !


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अपराध तथा भ्रष्टाचारको खुलासा गर्ने पत्रकार दुश्मनको निशानामा पर्ने गरेको खुलासा भएको छ ।

संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले सार्वजनिक गरेको प्रतिवेदनले राजनीति, अपराध र भ्रष्टाचारको विषयमा समाचार लेख्ने पत्रकार निशानामा पर्ने गरेको देखाएको हो ।

युनेस्कोले सार्वजनिक गरेको प्रतिवेदनमा पछिल्लो दुई वर्षमा हत्या भएका पत्रकार मध्ये ५५ प्रतिशत युद्धग्रस्त क्षेत्रभन्दा फरक स्थान अर्थात राजनीतिक, अपराध र भ्रष्टाचारका विषयमा समाचार लेख्ने पत्रकार रहेको उल्लेख गरिएको छ ।

विगतमा युद्धग्रस्त क्षेत्रमा रिपोर्टिङका लागि जाने पत्रकारको ज्यान बढि जोखिममा पर्ने गरेको पाइए पनि विगत २ वर्षको तथ्या‌कलाई हेर्दा यी क्षेत्रमा कलम चलाउने पनि उच्च जोखिममा रहेको पाइएको छ ।

प्रतिवेदनमा सन् १९९३ देखि अहिलेसम्म १ हजार ३६० जना पत्रकारको हत्या भएको छ। त्यस्तै २००६ देखि २०१८ सम्म १ हजार १ सय ९ पत्रकारको हत्या भएको उल्लेख छ। सबैभन्दा धेरै इराममा पत्रकार मारिएका छन् । इराकमा मारिने पत्रकारको संख्या १९६ रहेको प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा पनि ८ जना पत्रकारको हत्या भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । एसियाली राष्ट्रमा भारत सबैभन्दा पत्रकारको हत्या हुने देशको सूचीमा रहेको उल्लेख गरिएको छ ।

समाचार लेखेकै आधारमा भारतमा ४१, बंगलादेशमा २१, पाकिस्तानमा ११, श्रीलंकामा १२ जना पत्रकारको हत्या भएको छ । पत्रकार हत्यामा संलग्नमध्ये ९० प्रतिशतले सजाय पाएको उल्लेख गरिएको छ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ११ : ४७ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक