परिवारसँग भेट भएन ? यो दिशामा घडी राख्नुहोस् | Khabarhub Khabarhub

परिवारसँग भेट भएन ? यो दिशामा घडी राख्नुहोस्


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

समय हेर्ने सबैभन्दा भरपर्दाे माध्यम भनेको घडी नै हो । अन्यथा टेलिभिजन, रेडियो वा अन्य माध्यमबाट समय थाहा पाउन सकिन्छ ।

तर समयको तथ्यांक बताउने घडी सही दिशामा भएन भने यसले हानी गर्छ । अर्थात समय हेर्नको लागि मात्र घडी राखिएको छ, तर यसको सही दिशामा राखिएको छैन भने वास्तु अनुसार हानी समेत हुनसक्छ ।

अर्थात घरमा राखिएको घडीले हाम्रो भाग्यको बारेमा धेरै कुरा बताउँछन् । हामी शास्त्रअनुसार केही टिप्सहरु दिँदैछौँ, जसले कुन दिशामा कस्तो घडी राख्ने भन्ने जानकारी दिन्छ ।

१. परिवारको तस्बिर भएको घडी

पारिवारिक रुपमा माया, सद्भाव र आत्मियता पैदा गर्न परिवारको तस्बिर भएको घडी राख्नुपर्छ । जसका लागि घरमा घडी भित्रको फ्रेममा परिवारको संयुक्त तस्बिर भएको राख्नुपर्छ । यसले आपसी सम्बन्धमा सदैव प्रेम बनाइ राख्छ ।

२. विदेश यात्राको लागि

विदेश यात्रामा जान चाहने मानिसले घरको उत्तर–पश्चिम दिशामा घडी राख्नुपर्छ । यस्ता घडीहरु आकारमा गोलाकार हुनुपर्छ । सकेसम्म घ्यू रंगको हुनुपर्छ ।

३. ग्ल्यामर क्षेत्रको लागि

ग्ल्यामर क्षेत्रमा आउन चाहने अर्थात कलाकार हुन चाहने मानिसले घरको दक्षिण दिशामा त्रिकोणात्मक आकारको घडी राख्नुपर्छ । घडीको फ्रेम काठको हुनुपर्छ । यस्तो घडी ग्ल्यामर बाहेक रचनात्मक काम तर्फ इच्छुक ब्यक्तिका लागि पनि फाइदाजनक हुन्छ ।

३. बन्द भएको घडी

ब्याट्री सकिएका घडी जतिसक्दो चाडो नयाँ ब्याट्री हालेर चलाउनु पर्छ । नत्र बन्द घडीले घरमा राहु काललाई निम्त्याउने गर्दछ । त्यसैले जतिसक्दो चाडो बन्द घडीको ब्याट्री छिट्टै परिवर्तन गर्नुपर्छ । बन्द भएको घडी घरमा राख्दा नकारात्मक शक्ति आउने गर्दछ ।

४. आखाँको अगाडि

घरमा राखिने घडी जहिल्यै आँखाकै सामुन्नेमा हुनुपर्दछ । आँखा अगाडि परिरहने घडीले मानिसलाई समयका बारेमा सही जानकारी दिनुका साथै समयको मूल्यबारे समेत चनाखो बनाउँछ ।

५. समस्या हटाउन अण्डाकार घडी

घरमा राख्नका लागि सबैभन्दा उत्तम घडी भनेको अण्डाकार घडी हो । यस्तो घडी घरको पश्चिम दिशामा राख्नुपर्छ । अण्डाकार घडीले घरमा भएको थुप्रै वास्तुका दोषहरु हटाउन मद्दत गर्छ । वास्तुशास्त्र अनुसार अण्डाकार आकारका घडीले मानिसलाई नयाँ बाटो पहिल्याउन मद्दत गर्छ ।

६. निलो रङको घडी

व्यापार, नोकरी वा अध्ययनमा उन्नति भइरहेको छैन भने घरको उत्तर दिशामा निलो रङको घडी राख्नुपर्छ । यसले धन, सम्पत्तिसँगै शिक्षाको विकास गर्न मद्दत गर्छ ।

७. परिवारको लागि यस्तो घडी

यदि विभिन्न कारणले घर–परिवारसँग समय बिताउँन पाइरहनुभएको छैन भने घरको पूर्व–पश्चिम दिशामा घडी राख्नुहोस् । यसले छिट्टै परिवारसँग भेट्ने समय मिलाउँछ । तर, ध्यान दिनुहोस्, उक्त घडी बन्द हुन हुँदैन ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ४ : २६ बजे

झलनाथले भने- अब कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने

‘रमिताको पिरती’को सरप्राइज : गुपचुपमै सुटिङ सकेर एकैचोटी रिलज डेट घोषणा, शीर्ष नायिका आना

काठमाडौं – फिल्म ‘रमिताको पिरती’को टिमले सरप्राइज दिँदै फिल्मको प्रदर्शन

राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी गुरुप्रसाद पौडेललाई

काठमाडौं- नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई

कमला नदीमा स्नान गर्ने भक्तजनको घुइँचो

सिरहा– सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा कार्तिक

१२ अंकले बढ्यो नेप्से, ९० वटा कम्पनीको सेयर मूल्य भने घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)१२.१७ अंकले बढेको छ ।