कपनबाट काभ्रे पुगेका रोहिंग्यालाई हट्न हप्ता दिनको म्याद « Khabarhub

कपनबाट काभ्रे पुगेका रोहिंग्यालाई हट्न हप्ता दिनको म्याद


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे – म्यानमारबाट लखेटिएपछि नेपाल आएर काभ्रेको पनौतीस्थित कुशादेवीमा बसेका रोहिङ्यालाई हट्न सात दिनको म्याद दिइएको छ ।

अस्थायी टहरा बनाई बसेका रोहिंग्या शरणार्थीलाई जग्गा छोड्न धनीले ७ दिनको समय दिएका हुन् ।

गत मंसिर १० गते कुशादेवी पुगेका २३ को परिवारका लागि छुट्टाछुट्टै टहरा बनाए पनि जग्गाधनी सत्यराम थापाले उनीहरुलाई सात दिनको अल्टिमेटम दिँदै हट्न निर्देशन दिएका हुन् ।

त्रिवीका एक प्राध्यापकमार्फत रोहिंग्याहरु सत्यरामको सम्पर्कमा पुगेका थिए। उनको खाली रहेको जग्गा भाडामा लिएर उनीहरुले बस्न अनुमति पाएका भए पनि जग्गाधीनले उनीहरु रोहिङ्या भएको र उनीहरुलाई नेपालमा बसेर काम गर्न नपाउने थाहा पाएपचि जग्गा खाली गर्न निर्देशन दिइएको सत्यरामको भनाई उद्धत गर्दै उनका भतिजा रामेश्वर थापाले बताए ।

रोहिंग्याका टोली नेता महोम्मद युसुफले टहरा निर्माणको लागि ६ लाखभन्दा बढी खर्च भइसकेको भन्दै बस्ने अर्को विकल्प पनि नभएको बताए।

नेपालले शरणार्थी मान्यता नदिए पनि संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोग (एनएचसीआर)बाट शरणार्थी प्रमाणित उनीहरु काम नपाउने भएपछि अप्ठ्यारोमा परेको उनले बताए ।

कपनको लसुनटारबाट सरेर उनीहरु कुशादेवी पुगेका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ६ : ३८ बजे

दरबार हत्याकाण्डबारे ओलीको दाबी : ‘दीपेन्द्रले बाबुआमाको हत्या गरेका थिएनन्’

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०५८

साउन लागेसँगै इन्द्रचोकको पोते बजारमा चहलपहल (तस्बिरहरू)

काठमाडौं– साउन लागेसँगै काठमाडौंको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल बढ्न

वैदेशिक मुद्रामा ऋणपत्र जारी गर्न सकिने गरी ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन’ संशोधन प्रस्ताव

काठमाडौं– सरकारले ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९’ लाई संशोधन गर्न

अवकाश पाइसकेका व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं– सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त गरेका

विश्वकप फाइनलअघि स्पेनलाई चिन्ता : लामिन यामालले टोलीको प्रशिक्षण छाडे, चोट बल्झिएको आशंका

एटलान्टा- स्पेनका युवा स्टार लामिन यामालले बिहीबार टोलीको नियमित प्रशिक्षणमा