व्यवसायीहरुले गुणस्तरीय काम गर्नुपर्छ : मन्त्री पोखरेल « Khabarhub

व्यवसायीहरुले गुणस्तरीय काम गर्नुपर्छ : मन्त्री पोखरेल


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निर्माण व्यवसायीहरुले निर्माणको कार्यमा गुणस्तरीय कार्य गर्नुपर्ने बताएका छन् ।

निर्माण व्यवसायी सङ्घ मोरङको २५औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले व्यवसायीहरुले निर्माण कार्यको जिम्मेवारी लिएपछि तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

मन्त्री पोखरेलले व्यवसायीले पूर्वाधार निर्माणमा उच्चतम प्रविधिकको प्रयोग गरी गुणात्मक काम गर्न जोड दिँदै मुलुकको विकासमा सहयोग पुर्‍याउन ठूलो भूमिका खेलको विचार व्यक्त गरे ।

उनले शिक्षा पूर्वाधारको पूर्वाधार भएकाले शिक्षा, प्रविधिको विकासबाट नै मुलुकमा समृद्ध कायम हुने हुँदा यसतर्फ ध्यान दिन व्यवसायी क्रियाशील हुनुपर्ने बताए ।

मन्त्री पोखरेलले व्यवसायीका केही गुनासा र समस्या मन्त्रिपरिषद्को बैठकमा लगी छलफलका माध्यमबाट समाधान गरिने विश्वास दिलाउँदै टोलीबद्ध भएर काम गर्न आग्रह गरे ।

सङ्घका अध्यक्ष सन्तोषकुमार ढुङ्गानाले समृद्ध कायम तथा रोजगार उपलब्ध गराउन व्यवसायीको ठूलो भूमिका रहेको बताउनुभयो । सङ्घअन्तर्गत मोरङमा तीन सय व्यवसायी आबद्ध छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  २ : १५ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको